मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – सरकारले ३० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक उत्पादन गर्ने उद्योगको नविकरण रोक्ने तथा उद्योगको दर्ता खारेजी गर्नेसम्मको तयारी गरेको छ ।

वातावरण मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल स्वच्छ वातावरण महाअभियान’ प्रभावकारी बनाउन वातावरण विभागले यस्तो तयारी गरेको हो ।

प्रदूषण नियन्त्रण अन्तर्गतको कार्यक्रमलाई प्रभावकारी बनाउन यस्तो तयारी गरिएको विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया