मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं –  पछिल्लो समय बाथरोग पनि धेरै मानिसमा देखिने समस्या हो । यो जोर्नीसम्बन्धी समस्या हो । जुनसुकै उमेरका मानिसमा देखिने यस्तो रोगले अत्यधिक पीडा दिने गर्छ । यी हुन् बाथ रोगका कारण :

कारण

बाथ जोर्नीसम्बन्धी समस्या हो । त्यसैले जोर्नीसम्बन्धी रोग भएका अधिकांशमा बाथ लाग्ने सम्भावना हुन्छ ।

बाथरोगसँग युरिक एसिडको पनि सम्बन्ध हुन्छ । युरिक एसिड बढ्ने समस्या भएका मानिसलाई बाथ हुने बढी सम्भावना हुन्छ ।

वंशानुगत कारणले पनि बाथको समस्या हुन सक्छ । आफूभन्दा अगाडिका कुनै पुस्तामा बाथको समस्या छ भने पछिल्लो पुस्तालाई बाथले समस्यामा पार्न सक्छ ।

विभिन्न इन्फेक्सनका कारण पनि बाथबाट पीडित हुनुपर्ने हुन्छ ।

लक्षण

जोर्नी अत्यधिक दुख्ने ।

जोर्नीका दुवैतर्फका भाग सुन्निने ।

बिहान उठ्दा हातखुट्टा कक्रिने ।

बिहान उठेको १ घन्टासम्म हातलाई मुठी पार्नका लागि जति प्रयास गरे पनि नसक्नेजस्ता लक्षण देखिन्छन् ।

तपाईको प्रतिक्रिया