सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं –  मानिसले सबै कुरा सम्झन सक्दैन । तसर्थ कहिलेकाहीँ बिर्सने स्वभाव त स्वाभाविक नै हो । यस्तो बानीलाई सामान्य रूपमा लिँदा हुन्छ । तर, अलि बढी नै बिर्सने बानी छ भनेचाहिँ यसलाई समस्याका रूपमा लिन जरुरी हुन्छ । यसरी बिर्सने बानीले ठूलै दुर्घटना निम्त्याउने डरसमेत हुन्छ ।

पहिलो कारण

मस्तिष्कमा चोटपटक लाग्दा बिर्सने समस्या हुन्छ ।

कुनै प्रकारको ट्युमर, क्यान्सरलगायतका समस्याले पनि बिर्सने समस्या बढाउँछ ।

एन्जाइटी, डिप्रेसन, तनाव आदिका कारण पनि सम्झने क्षमता बिस्तारै ह्रास हुँदै जान्छ ।

दोस्रो कारण

उमेर ढल्कँदै जाँदा न्युरोसम्बन्धी विभिन्न समस्या देखिन सक्छ । विशेषगरी ४० वर्षपछि मस्तिष्कका सेलहरू पनि मर्दै जाने गर्छ । जसको अलि बढी असर ६०–६५ वर्षपछि देखिन थाल्छ । यस्तो समस्या चरणबद्ध रूपमा हुन्छ ।

तेस्रो कारण

कुनै प्रकारका मानसिक समस्या भएका प्रायः मानिसमा बिर्सने बानी हुन्छ । मानसिक समस्या आउँदा दिमागको कार्यक्षमतामा ह्रास आउँछ र मान्छेले राम्रोसँग सम्झन सक्दैन ।

बिर्सनु आफैँमा अर्को समस्या हो । शरीरमा हुने हर्मोनल गडबडी, एकाग्र हुन नसक्दा पनि यस्तो समस्या देखा पर्ने गर्छ ।

चौथो कारण

अस्वस्थकर जीवनशैलीका कारण पनि मानिसमा बिर्सने समस्या बढेर जान्छ । मदिराको बढी सेवनले पनि यस्तो समस्या निम्त्याउने गर्छ । किनकि, मदिराले दिमागको सेल मार्ने काम गर्छ ।

तपाईको प्रतिक्रिया