मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

लक्षण र सावधानी
उच्च पहाडी तथा हिमाली भेगमा २५०० मिटरभन्दा माथि जाँदा अक्सिजनको कमीका कारणले लेक लाग्दछ । यसका सामान्य तथा कडा गरी दुई प्रकारका लक्षण देखिन्छन् । लेक लाग्ने रोगले मानिसको ज्यानै लिन सक्दछ ।
सामान्य लक्षण
टाउको दुख्नु
खान मन नलाग्नु
वाकवाक लाग्नु
रिँगटा लाग्नु
थकाइ लाग्नु
यसरी बच्न सकिन्छ
माथि नजाने, आराम गर्ने, पर्याप्त मात्रामा पानी पिउने
लक्षणहरू कम भएमा माथि जाने
लक्षण कडा भएमा तल झर्ने
एक्लै तल नझर्ने
एसिटाजोलामाइड (डायमोक्स) २५० एमजी दिनको दुईपटक प्रयोग गर्न सकिन्छ ।

थानेश्वर भण्डारी हिमालयन उद्धार संघमा आबद्ध स्वास्थ्यकर्मी

कडा लेकका लक्षण :
बेसरी टाउको दुख्नु
वान्ता हुनु
शरीर असन्तुलित हुनु
बदलिएको मानसिकता हुनु
आराम गरेको वेलामा पनि स्वाँ–स्वाँ हुनु
अति थकाइ लाग्नु
बेहोस हुनु

कसरी बच्ने कडा लेकबाट ?
तल झर्ने

रोकथामका उपायः
ठाउँठाउँमा रात बिताउँदै माथि जाने
२५०० मिटरभन्दा माथि प्रतिदिन ३००–५०० मिटरको
उचाइमा रात बिताउने
प्रत्येक १००० मिटरको चढाइपछि सोही उचाइमा
दुई रात बिताउने
सफा र स्वच्छ पानी प्रशस्त पिउने
मादक पदार्थ सेवन नगर्ने ।

तपाईको प्रतिक्रिया