सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौं – स्वास्थ्यका लागि जसरी दिल खोलेर हाँस्दा फाइदा गर्छ, त्यसरी नै कहिलेकाहीँ रुँदा पनि फाइदा नै पु-याउँछ । यसरी रुँदा मानिसलाई हल्कापनको अनुभूति मात्र हुँदैन, स्वास्थ्यमा फाइदा नै पुग्छ । मानिसको आँखाबाट झर्ने आँसु मर्म र भावनाको अभिव्यक्ति हो । जब कसैले आघात पु-याउँछ वा हामी अत्यधिक दुःखी हुन्छौँ, त्यस अवस्थामा हाम्रो आँखाबाट आँसु झर्न सक्छ ।

आसुँको अभावका कारण आँखाको रोग, गठियाबात, घाँटीको रोग, श्वेतप्रद आदि समस्या हुन सक्छ । त्यसैले पनि भक्कानो छोडेर वा सुँक्कसुँक्क गरेर रुनुलाई स्वस्थकर मानिन्छ ।

आँसुले दुःख, चिन्ता, शरीरिक तथा मानसिक तनावसँग जुध्न सहयोग पु-याउँछ ।

रिुँदा उच्च रक्तचाप, फिस्टुलाजस्ता रोगबाट पनि टाढा रहन सहयोग मिल्छ ।

आँखाबाट आँसु झर्दा आँखाको नानी र परेलाको रसिलोपना पनि बढेर जान्छ । रुँदा आँखाको सौन्दर्यसमेत बढेर जाने पनि वैज्ञानिकहरूले बताएका छन् ।

आँखाबाट आँसु निस्किने वेला हारडेरियन ग्रन्थिबाट एक प्रकारको तैलीय पदार्थ निस्किने गर्छ । जसको सहायताले कोर्निया नरम र गहिरो हुन जान्छ । र, आँखा सुन्दर देखिन्छ ।

रुने मानिसलाई तनावबाट उत्पन्न हुने मनोदैहिक रोगको सम्भावनासमेत हुँदैन ।

रुने समयमा आँखाबाट झरेको आँसुले आँखाका विजातीय द्रव्यलाई बाहिर निकाल्ने काम गर्छ र आँखालाई रसिलो पार्छ । त्यस्तै, आँसुले विभिन्न संक्रमणबाट पनि बचाउँछ ।

जापानस्थित मेडिकल युनिभर्सिटी अफ औहियोका शोधकर्ताहरूले ‘आँसुबाट हुने फाइदा’का विषयमा अध्ययन गरेका थिए । उक्त अध्ययनले अधिक रुँदा अत्यधिक मानिसले हल्का र ताजापन महसुस गर्ने पत्ता लगाएको थियो । शोधअनुसार ८८ दशमलव ८ प्रतिशत मानिसले रोएपछि हल्का महसुस गरेको बताएका थिए ।

आँसुमा किटाणुबाट आँखालाई रक्षा गर्ने एन्टिबायटिक्स हुन्छ । आँसुमा लिसोजाईम नामक तरल पदार्थ हुन्छ जसले ५ र १० मिनटमा नै ९० देखि ९५ प्रतिशत बेक्टेरियालाई सफा गर्छ ।

मनोवैज्ञानिकहरूका अनुसार विपत्ति, दुःख र अत्यधिक तनावको अवस्थामा आँखाबाट आँसु नआएमा वा नरोएमा उसमा मानसिक एवं शारीरिक समस्या भएको सम्झनुपर्छ ।

यसकारण झर्छ आँसु

शरीरमा अत्यधिक कठिन परिस्थितिमा पनि आफ्नो सन्तुलन नगुमाउने क्षमता हुन्छ । जब मानिस अति कठिन परिस्थिति वा भावनात्मक कुरासँग ठोकिन्छ, त्यसबखत मांसपेशीमा जम्मा भएर रहेका तनाव आँसुका रूपमा आँखाबाट निस्किन थाल्छ ।

एक स्वस्थ र सन्तुलित शरीर भएको मानिसले दुःख, दर्द, पीडाबाट उत्पन्न शारीरिक तनावलाई आँसुका माध्यमबाट व्यक्त गर्छ ।

एक सर्वेक्षणअनुसार महिलाहरू पुरुषको तुलनामा कम तनावमा हुन्छन् । र, उनीहरूले भावनालाई सजिलैसँग आँसुका माध्यमबाट व्यक्त गर्छन् । महिलामा हृदयाघातको समस्या कम हुने एउटा कारण यो पनि हो ।

फेमिलियन डिस्टोनिया

कुनै–कुनै परिवारमा एउटा वंशानुगत रोग हुन्छ, जसलाई फेमिलियन डिस्टोनिया भनिन्छ । यस्तो समस्या भएमा बच्चा रुन त रुन्छ तर उसको आँखाबाट आँसु झर्दैन । जसले गर्दा आँखा सुक्खा रहन्छ । यस्ता बालबालिका क्रुर, झनक्क रिसाउने र आक्रामक खालका हुन्छन् । यस्ता बालबालिकाको मस्तिष्क पनि पूर्ण रूपले विकसित हुन पाउँदैन ।

तपाईको प्रतिक्रिया