आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

टोकियो – चिनका राष्ट्रपति शि जिन पिङले इन्टर्नेट प्रयोगमा कडा नियन्त्रण गरिने बताएका छन् ।

इन्टर्नेट सम्बन्धि बेइजिङमा आयोजित दुई दिवसीय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति शिले इन्टर्नेट हानिकारक जानकारी र झुठा अफवाह फैलाउने माध्यम बन्न दिन नहुने विचार ब्यक्त गरे । उनले चिनिया जनमतलाई सहि दिशामा लैजानका लागि इन्टर्नेटको प्रयोगमा कडा निगरानी गरिने बताए ।

चिनिया सरकारी सञ्चार माध्यम शिन्ह्वाका अनुसार चिनिया कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु उपस्थित सो सम्मेलनमा इन्टर्नेटको जथाभावी प्रयोगमा कडा नियन्त्रण गर्न राष्ट्रपति शिले अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

शीको नेतृत्व आएदेखि नै चीनमा इन्टर्नेट तथा सामाजिक सञ्जालको प्रयोगमा कडा नियन्त्रण रहँदै आएको छ । जथाभावी सामाजिक सञ्जालको प्रयोगबाट झुठा जानकारी संप्रेषण हुन गई सामाजिक सद्भावमा खलल पुग्ने र अफवाह फैलाउने काम बढि हुने भएकोले त्यसले समाजमा नकारात्मक सन्देश प्रवाह गर्ने चिनिया नेतृत्वको मान्यता रहँदै आएको छ । स्मरण रहोस् चीनमा फेसबुक लगायतका कतिपय सामाजिक सञ्जाल चल्दैनन् ।***

तपाईको प्रतिक्रिया