शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो – नेपालमा पर्यटन तथा औद्योगिक लगानी भित्र्याउने उदेश्यका साथ जापानको नागोयामा विशेष कार्यक्रम हुने भएको छ । जापानका लगानीकर्तालाई गरी एनआरएनए जापान पूर्व अध्यक्ष तथा एनआरएनए एसिया प्यासिफिकका वर्तमान उपसंयोजक पारसमणि पोखरेलको पहलमा उक्त कार्यक्रम हुने भएको हो ।

कार्यक्रममा जापानी उद्योगपति, स्थापित व्यवसायी, युवा उद्यमी, रोटरी पूर्व गवर्नर, शहरका मेयर लगायतको सहभागिता रहने बताइएको छ । साथै कार्यक्रममा नेपाल गइसकेका जापानीहरुको अनुभव आदान-प्रदानका साथै उनीहरुले खिचेका तस्बिर प्रदर्शनी गरिने छ । नेपालको पर्यटन, लगानीको सम्भावना, नेपाल-जापान सम्बन्ध तथा नेपालमा जाइकाले गरेको कार्यहरुको कार्यपत्र प्रस्तुत गरिने उक्त विशेष कार्यक्रममा जापनी उद्यमीले सञ्चालन गर्नेछन् ।

नेपालमा पर्यटन तथा लगानीको प्रचुर सम्भावना छ भन्नेबारे बुझाउन कार्यक्रम गर्न लागिएको कार्यक्रमका उपसंयोजक पारसमणि पोखरेलले बताउनुभयो । नेपालबारे चिनाउँदै लगानीका लागि आकर्षित गर्न कार्यक्रमले सफदायी हुने विश्वास आफूले लिएको उहाँको भनाई छ । उहाँका अनुसार कार्यक्रमको संयोजन नागोया सिटीका पूर्व उपमेयर तथा नेपालका तर्फबाट आइची प्रिफेक्चर जापानका पर्यटन दूत सुजुकी कात्सुहिसाले गरिरहनु भएको छ ।

कार्यक्रम आउँदो मे १८ तारिक शुक्रबारका दिन आइची प्रिफेक्चरको ओबु सिटी हलमा साँझ ६ बजेबाट सुरु हुनेछ । कार्यक्रम एनआरएनए आइसीसी एसिया प्यासिफिकको आयोजना तथा नेपाल पर्यटन बोर्ड, नेपाली दूतावास टोक्यो र जापानी युवा उद्यमी समुहले सहयोग गरेको छ ।

तपाईको प्रतिक्रिया