Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लवकुमार देवले प्राचीन कालमा भारतीयहरूले इन्टर्नेटको आविष्कार भएको दाबी गरेका छन् । महाभारतकालमा कौरव र पाण्डवका सेनाबीच कुरुक्षेत्रमा भएको महायुद्धको प्रसङ्ग उद्‌धृत गर्दै उनले त्यति बेला इन्टर्नेटको मात्रै नभई भूउपग्रहको समेत प्रयोग हुने गरेका टिप्पणी गरेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

त्रिपुरामा आयोजित एउटा कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री देवले भने, “यो यस्तो देश हो जहाँ महाभारतमा सञ्जयले दरबारमै बसेर धृतराष्ट्रलाई युद्धस्थलका दृश्यहरू वर्णन गरेका थिए । यसको अर्थ के हो भने त्यो समयमा पनि प्रविधिको विकास भइसकेको थियो, इन्टर्नेट थियो, भूउपग्रह थियो ।”

“नभए सञ्जयले घरमै बसीबसी कसरी हेर्न सक्थे?”

“यो काम तपाईँहरू (पाश्चत्य जगत्) ले पहिले गरेको होइन। यो देशमा लाखौँ वर्ष पहिले इन्टर्नेटको आविष्कार भइसकेको थियो ।” मुख्यमन्त्री देवको उक्त भनाइको सामाजिक सञ्जालमा खिल्ली उडाइएको छ । एक जना फेसबुक प्रयोगकर्ताले देवको भनाइ ‘यो शताब्दीकै सबैभन्दा ठूलो ब्रेकिङ न्यूज’ भएको भनेका छन् ।

भारतीय जनता पार्टीका प्रदेश अध्यक्ष देव गत महिना त्रिपुराका मुख्यमन्त्री बनेका थिए । पच्चीस वर्षदेखि रहेको वाम सरकारको अन्त्य गराउँदै भारतीय जनता पार्टीले त्यहाँ सरकार बनाएको थियो । अर्को प्रयोगकर्ताले व्यङ्ग्य गर्दै लेखेका छन्, “महाभारतकालमा इन्टर्नेट थियो । यो कुराको पुष्टि त्रिपुराका मुख्यमन्त्री विप्लवकुमार देवले गरेका छन् ।” -बीबीसी

तपाईको प्रतिक्रिया