आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो–सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्नका लागि टोकियामा चल्ने यामानोते लाइनका सबै ट्रेनमा सिसी क्यामेरा जडान गरिने पूर्वी जापान रेलवे कम्पनीले जनाएको छ ।
मंगलबार एक पत्रकार सम्मेलन गर्दै सन् २०२० मा हुने ओलम्पिक खेलको सुरक्षालाई दृष्टिगत गरि जेआर पूर्वी योजना अनुसार अब निर्माण हुने तथा पहिले नै संचालनमा रहेका हरेक ट्रेनहरुमा यसै आर्थिक वर्षको अप्रिलबाट १३ हजारमा ट्रेनमा सिसी क्यामेरा जडान गरिने कम्पनीका अध्यक्ष युजी फुकासावाले जानकारी दिए । “स्टेशन तथा ट्रेनमा व्यवस्थित रुपमा सुरक्षा प्रबन्धलाई मजबुत बनाउनका लागि सिसी क्यामेरा जडान गर्न लागिएको हो,” फुकासावाले भने ।
टोकियोदेखि साइतामा प्रिफेक्चरमा संचालन हुने केहि सिन्कान्सेन र साइक्यो लाइनका ट्रेनमा यस अघि नै क्यामेराहरु जडान गरिएको पनि कम्पनीले जनाएको छ ।
टोक्यु क्रप, टोकियो मेट्रो कम्पनी र टोकियो महानगरपालिकाद्धारा तोएइ सव वे लगायतका लाइनमा संचालनमा रहेका ट्रेनहरुमा पनि सुरक्षा क्यामेरा चाडै नै जडान गर्ने योजना रहेको बताइएको छ ।
सन् २०२० सम्ममा जापानमा संचालन हुने अधिकांश ट्रेनमा सिसी क्यामेरा जडान गर्ने कम्पनीको योजना रहेको बताइएको छ ।
यामानोते लाइन संचालन हुने टोकियो क्षेत्रमा नेपाली लगायत विदेशीहरुको बाक्लो  उपस्थिति रहेको छ ।

तपाईको प्रतिक्रिया