आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – जापानको टोकियो एक समारोहको बिच ‘तातेसिना हाइकु सङ्ग्रह’ को बिमोचन गरिएको छ । जापानमा लोकप्रिय रहेको हानामी पर्व (साकुरा फुल हेर्ने पर्व ) को अवसर पारेर हाराज्युकु पार्कभित्र गरिएको बिमोचन कार्यक्रममा दर्जनौँ स्रस्टाहरुको उपस्थिति थियो ।

नागानो प्रीफेक्चर अन्तर्गत रहेको तातेसिना भन्ने ठाउमा गत साल झन्डै चार  दर्जन हाइकु कविहरुले स्थलगत रुपमा लेखेका हाइकुहरु समेटी तातेसिनालाई पुस्तक आकार दिइएको हो । कृतिमा प्राध्यापक रामकुमार पाँडे र प्रकाश पौडेल माइलाको हाइकुको खोजमूलक सैद्दान्तिक कार्यपत्र पनि समाबेश छ ।

अनेसास जापान च्याप्टरले प्रकाशनमा ल्याएको तातेसिना हाइकु संकलनको सम्पादन हाइकु कवि प्रकाश पौडेल माइलाले गरेका हुन् । बिगत १३ वर्षदेखि जापानमा बसेर हाइकुको क्षेत्रमा कलम चलाइरहेका माइला अनेसासका केन्द्रीय उपाध्यक्ष समेत हुन् ।अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापान च्यप्टरको आयोजनामा भएको कार्यक्रममा स्रस्टाहरुले साकुरा फुलको मजा लिनुको साथै साहित्यिक खुराकहरु पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रकाश पौडेल माइला, जिज्ञान कुमार थापा, शालिकराम भण्डारी, पिताम्बर पदमपानी, पुस्कर जङ्ग थापा, आलोक चालिसे, दिनेशराज ज्ञवाली, बाबुराम भण्डारी, शरद गौचन, मैदेली घिमिरे, दिपक सुबेदी, पदम ठगुन्ना, हरी सापकोटा, अरुण पौडेल, सूर्य खड्का, धिषण निरौला, सरीता ढकाल लगाएतले अनेसासको जापान च्याप्टरले साहित्यको श्रीवृद्दीमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए । साकुराको फेदमुनि  कविता वाचन गर्ने अन्य कविहरुमा अर्जुन दृष्‍टि पौडेल, मुक्ती सुबेदी ,गिरिजा गैरे, सुमित गिरी, सबिना रेग्मी, विश्वबन्दु भण्डारी, सरद पोख्रेल , हेमन्त गिरी, प्रतीबिम्ब सुमन, आनन्द अधिकारी, पार्थ सुबेदी, मीनराज बास्तोला, भुवन रोका, संगिता अधिकारी,सविना रेग्मी, प्रकृति फुयाल,दीपा घिमिरे, मुक्ति सुबेदी, ज्वाला अनेसास जापान च्याप्टरका अध्यक्ष दिप पाठकको सभापतित्त्वमा सम्पन्न बिमोचन समारोहको प्रमुख अतिथि भने साकुराको रुखलाई मानिएको थियो । कार्यक्रमको सञ्चालन रबिन शर्मा र सङ्गीता कुवँरले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया