सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो–जापानका सार्वजनिक माध्यामिक विद्यालयमा अध्ययनरत ३२ जना छात्राहरुले आफूहरु गर्भवती भएका कारणले गर्दा विद्यालय छाडेको शिक्षा मन्त्रालयको प्रतिवेदनले जनाएको छ ।
मन्त्रालयका अनुसार सन् २०१५ र २०१६ मा पुरा समय विद्यालयमा अध्ययन १ हजार ६ जना छात्राहरु तथा आशिंक रुपमा अध्ययनरत १ हजार ९२ जना छात्राहरुकोे गर्भवतीका घटनाहरु दर्ता भएपनि ३२ जना छात्राहरुले मात्र स्वेच्छिक रुपमा विद्यालय छाडेको सो प्रतिवेदनले जनाएको छ । गर्भवती छात्राहरुमध्ये ६ सय ४२ जनालाई अविभावकको संरक्षणमा पठाइएको पनि जनाइएको छ ।
छात्राहरुलाई विद्यालय नछाड्नका लागि उत्प्रेरित गरिएपनि उनीहरुले विद्यालय छाड्नु दुर्भाग्यपूर्ण भएको बताइएको छ । विद्यालयको सुझावका वावजुद पनि ३२ जना छात्राले विद्यालय छाडेका र १८ जना एकअर्को विद्यालयमा स्थानान्तरण भएको छन् ।

तपाईको प्रतिक्रिया