शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

टोकियो–नेपालको पुरानो पञ्चायती व्यवस्थालाई चित्रण गरि निर्माण गरिएको चलचित्र पञ्चायतको जापानमा च्यारिटि सो हुने भएको छ ।
जापानको टोकियोमा बलेवा सेवा समाज जापानले आगामी आईतबार अप्रिल ८ मा चलचित्रको च्यारिटी सो गर्न लागेको हो ।
पञ्चायती शासन व्यवस्थाको बेला एउटा गाँउको सामाजिक विषय र न्याय प्रणालीलाई आधार बनाएर निर्माण गरिएको चलचित्र विपन्नवर्गका विद्यार्थीको सहयोगार्थ प्रर्दशन गर्न लागिएको समाजका अध्यक्ष सेवक पिसिले जानकारी दिनुभयो ।
बागलुङको बलेवा क्षेत्रका विभिन्न ठाउँमा छायाँकन गरिएको सो चलचित्रले पंचायती शासन व्यवस्थाका बारेमा नयाँ पुस्तालाई जानकारी दिने विश्वास गरिएको समाजका महासचिव विमल रिजालले बताउनुभयो ।
शिवम् अधिकारीको लेखन तथा निर्देशन रहेकोे चलचित्रमा सरोज खनाल, निता ढुङ्गाना, रुपा राना, गिता अधिकारी, गणेश गिरि, जहान्वी बस्नेत, सुचित्रा उप्रेती, प्रकृति ढुंगेल, विशाल पहारी लगाएतका कलाकारको भूमिका रहेको छ ।
सामाजिक कार्यमा क्रियाशील संस्थाले विभिन्न समयमा विभिन्न रोगबाट पिडितहरुका लागि राहत संकलन, भुकम्प पिडितलाई आर्थिक सहयोग, विपिन्न विद्यार्र्थीलाई लक्षित गरि अक्षय कोष सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया