बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

टोकियो–जापानका प्रधानमन्त्री सिन्जो आबे उत्तर कोरियाली नेता किंम जोंग भन्दापनि अलोकप्रिय देखिएका छन् ।
गाल्लुप कोरियाद्धारा शुक्रबार सार्वजनिक गरिएको सर्वेक्षणका अनुसार पाँच प्रतिशत मात्र उत्तरदायित्वपूर्ण विचारहरु आवेको सकारात्मक रहेको देखाइएको छ भने किमको १० प्रतिशत राम्रो छवि रहेको तथ्य बाहिरिएको छ । सर्वेक्षणका अनुसार ८९ प्रतिशत नकारात्मक छवि आबेको हुदाँ किमको भने ८३ प्रतिशत  हुन पुगेको छ ।
जापानमा हालै सम्पन्न आम निर्वाचनबाट आबे दुइ तिहाई मतका साथ प्रधानमन्त्रीको रुपमा पुन निर्वाचित भएका थिए । पछिल्लो समय उत्तर कोरियाली परमाणु संकटका बारेमा स्पष्ट धारणा नराख्नु र श्रीमतिसँग विद्यालयको जग्गा खरिदविक्री प्रकरणमा किर्ते गरेको समाचार बाहिरिएपछि लोकप्रियतामा केही समस्या आएको पाइएको भएपनि आबेले यसलाई अस्वीकार गर्दै आएका छन् ।
सन् २०१३ देखि हालसम्म चार पटक गरिएको सो सर्वेक्षणमा जापानी प्रधानमन्त्री आबेले सबैभन्दा लोकप्रियताको अनुपात छ प्रतिशतसम्म मात्र पुरयाएका र अलोप्रियतालाई ९० प्रतिशतसम्म कायम राखेको देखाइएको छ ।
विश्वकै शक्तिशाली नेताका रुपमा परिचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २४ प्रतिशत भरोसा योग्य नेताको रुपमा विश्वले चिन्दा ६७ प्रतिशतले भने नकारात्मक छवि भएको रुपमा लिएका छन् ।
चिनियाँ राष्ट्रपतिको लोकप्रियता विश्व सामु १९ प्रतिशतमा रहदा ६६ प्रतिशतले भने अलोकप्रिय नेताका रुपमा नै बुझेका छन् । जबकी हालैमात्र चिनमा सम्पन्न राष्ट्रपतिले विश्वासको मत लिदाँ एक मत मात्र उनको विपक्षमा परेको थियो ।
रुसी राष्ट्रपति व्लादिमिर पुटिन पनि जापानी प्रधानमन्त्रीभन्दा विश्वासयोग्य नेताका रुपमा परिचित हुदै उनको लोकप्रियता १९ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ भने अलोप्रियता पनि त्यत्तीकै रहेको छ जसमा ६८ प्रतिशत रहेको सो सर्वेक्षणले देखाएको छ ।
ट्रम्प र किमका बिचमा हुने भनिएको अप्रिलका लागि निर्धारित अन्तर कोरियाली शिखर सम्मेलनको निर्धारित तालिका बमोजिम उत्तर कोरियाली परमाणु संकटको बारेमा जनताको मनोवृत्तिलाई सर्वेक्षणको मुख्य रुपमा लिएको बताइएको छ । सर्वेक्षणमा सहभागीहरु मध्ये ५३ प्रतिशतले प्योङ्याङको नीतिप्रति स्पष्टरुपमा परिवर्तन चाहेका छन् ।

तपाईको प्रतिक्रिया