बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो–जापानमा सन् २०१७ मा आठ वर्ष यता सबैभन्दा बढि पिछा लागेर हैरान पारी लुटपाट गर्ने र घरेलु हिंसाका घटनाहरु बढेका छन् ।
जापान प्रहरीले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार गतवर्ष मात्रै २३ हजार ७९ वटा घटनाहरु दर्ता भएको र ती मध्ये २ हजार ६ सय २५ मा संलग्नलाई पक्राउ गरि कारवाही गरिएको वताइएको छ । घटना विगतमा भन्दा ६३ प्रतिशतले वृद्धि भएको पनि जनाइएको छ ।
दर्ता भएका घटना मध्ये ९४ वटा निरन्तर रुपमा सामाजिक संजालमार्फत असामान्जस्य सन्देश पठाइएका, ५३ वटा घर वरिपरि बरालिएर सताइएकासँग सम्बन्धित रहेका छन् । गतवर्ष यससँग सम्बन्धित कानुन संशोधन सहित ल्याइएको र प्रभावकारी पनि देखिएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार गतवर्ष मात्रै ७२ हजार ४ सय ५५ वटा घटना घरेलु हिंसासँग सम्बन्धित रहेको जनाइएको छ । यो तथ्यांक हालसम्मकै उच्च रहेको समेत बताइएको छ ।
पिछा गरेर मानिसलाई सताएर लुटपाटका घटना बढ्न थालेपछि प्रहरीले त्यस्ता घटना रोक्नका लागि मनोवैज्ञानिक रुपमा मनोचिकित्सा परामर्शमार्फत न्यूनिकरण गर्ने उपायको खोज गरिरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया