बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

टोकियो – जापानले किशोराअवस्थाको उमेरमा फेरबदल गर्ने भएको छ । २० वर्षको उमेर पुगेका नागरिकलाई जापानले किशोराअवस्थामा राखेको छ । तर अब त्यो उमेर १८ वर्षमा घटाइने भएको छ । यदि १८ वर्षलाई किशोरावस्थामा राख्ने विधेयक जापानमा पारित भए १८ वर्ष पुगेका जापानका नागरिकले आफ्ना अभिभावक विना नै विवाह गर्ने, कुनै विषयमा सम्झौता गर्ने र ऋण लिन सक्नेछन् ।

तर, किशोरावस्थाको उमेर घटाए पनि उनीहरुले २० वर्ष नपुगी जाँड–रक्सी, चुरोट खान र जुवातास खेल्न पाउनेछैनन् । उक्त विधेयक जापानको संसदबाट पारित भएमा त्यसको प्रत्यक्ष असर सन् २०२२ मा हुने जनाइएको छ ।सन् १८७६ मा किशोरावस्थाको उमेर २० वर्ष बनाएको जापानले त्यो भन्दा पछाडि कुनै परिवर्तन गरेको थिएन । जापानमा किशोराअवस्था भन्दा पहिले बिहे गर्नलाई पुरुष १८ वर्षको हुनुपर्ने र महिला १६ वर्षको हुनुपर्छ तर त्यसमा अभिभावकको अनिवार्य सहमति आवश्यक हुन्छ । अहिले भएको विधेयक संशोधनले जापानमा पुरुष र महिलाको विवाह गर्ने उमेर एउटै हुनुपर्ने बहस सुरु भएको छ ।

अहिलेको विधेयकले १८ र १९ वर्षका किशोर किशोरीले मोवाइल फोन र क्रेडिट कार्डमा सम्झौता गर्न मिल्ने बनाईएको जापानको समाचार संस्था क्योदोले जनाएको छ । तर, उक्त विधेयकले किशोरावस्थामा रहेकालाई असर गर्नसक्ने भन्दै आलोचना पनि भएको छ । उक्त विधेयकमा किशोराअवस्थाको उमेर घटाउदा आइपर्ने समस्या र समाधानको बारेमा पनि उल्लेख गरिएको जनाइएको छ ।

जापानको शिक्षा मन्त्रालयले किशोराअवस्थाको उमेर कम गरिएपछि उनीहरुलाई त्यसबारे सचेत गराउने जनाएको बीबीसीले उल्लेख गरेको छ । ***

तपाईको प्रतिक्रिया