बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो -नेपाल आदिवासी जनजाति महासंघ जापानको १६ औँ महाधिवेशनले सुमन लिम्बुको अध्यक्षतामा  २७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको  छ  ।

कार्यसमितिको सह-अध्यक्ष सुकमान थिङ तामाङ्,उपाध्यक्षहरूमा हर्क गुरुङ्,देबी बहादुर इङ्नाम्,पेम्वा शेर्पा ,रित राना मगर,कर्मा वाङ्गेल लामा,गेलु शेर्पा ,महासचिव शान्त पहरी,उप-महासचिव भेषराज चेम्जोङ्,सचिवहरू दावा शेर्पा,रमेश राना मगर,हिमाल लामा,कोषाध्यक्षमा  सोममाया गुरुङ ,सह-कोषाध्यक्षमा  शान्ति लामा ,श्री गुरुङ् निर्वाचित भएका छन ।

त्यसैगरी सदस्यहरू हेमन्त शेरचन,बसन्ती गुरुङ ,मनोज घले ,कनैलाल चौधरी,प्रकाशलाल श्रेष्ठ,रेशमकुमार थामी,बिजय राई,नमदाहाङ राई ,मनकुमार तुम्सा,रीना तिगेला,सुजन मादेन लिम्बुलाई सर्वसहमति चयन गरेको छ ।

जापानस्थित विभिन्न संघसंस्थाको उपस्थितमा सम्पन्न महाधिवेशनमा राजनीतिक पार्टीको प्रवासी संगठनहरूको समेत आतिथ्यता रहेको थियो । दुई चरणमा सम्पन्न उक्त महाधिवेशनले संस्थाको विधान संशोधन,आगामी कार्यक्रम र आगामी दुई वर्षे कार्यकालको लागि नेतृत्व चयन गरेको हो । संस्थाका अध्यक्ष पासाङ शेर्पाको सभापतित्व सम्पन्न महाधिवेशनको बन्दसत्र हर्क गुरुङ र बन्दसत्र भेषराज चेम्जोङ्ले संचालन गरी सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया