बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

टोकियो-बाग्लुङ रोजगारको सिलसिलामा जापान रहेका युवाहरुले एक क्यान्सर पिडितलाई ३ लाख ४६ हजार ५ सय ५० रुपैयाँ सहयोग गरेका छन ।

बाग्लुङको काठेखोला गाउँपालिका स्थित हटियाकी माया क्षेत्री कंडेललाई उक्त रकम सहयोग गरेका हुन । सामजिक क्षेत्रमा सहयोग गर्दै आएका प्रेमप्रसाद कंडेल, दिपक कंडेल, बलबहादुर क्षेत्री लगायतले जापानमा संकलन गरेको पैसा क्यान्सर पिडित क्षेत्रीलाई बुझाएको प्रेमप्रसाद कंडेलले जानकारी दिनुभयो ।

जापानबाट पठाइएको रकम संकलकका अभिभावकले पिडितलाइ बुझाएको बताइएको छ । ५ महिनादेखि छातीको क्यान्सरबाट पिडित क्षेत्रीको अहिले भरतपुर क्यान्सर अस्पतालमा उपचार भैरहेको छ । पिडितले आर्थिक सहयोग जुटाइ ज्यान बचाइदिन सबै समक्ष अपिल गरेकी छन ।

तपाईको प्रतिक्रिया