बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो–जापानको आइची प्रिफेक्चरको चिर्यु प्रहरीले आइतबार ट्रेनको प्लेटफर्ममा एकजना विदेशी भएको विश्वास गरिएको शव फेला पारेको छ ।
प्रहरीको कन्ट्रोल नम्बरमा राती ११ बजे एकजना मानिस लडिरहेको प्राप्त सूचनाका आधारमा मिकावाचिर्यु स्टेशनको मेइतेत्सु मिकावा लाइनमा प्रहरी पुग्दा टाउकोबाट रगत बगिरहेको मानिस भेटेपछि तत्काल अस्पतालमा पुरयाउदाँ निजलाई एकघण्टा अघि नै मृत्यु भैसकेको अस्पतालले जनाएको प्रहरीलाई उदृत गर्दै जापान टुडेले जनाएको छ ।
करिब ३० देखि ४० वर्ष उमेरको जस्तो देखिने मृतकको थप पहिचान खुल्न सकेको छैन । उनको टाउकोका साथै शरिरका अन्य भागमा पनि चोट लागेको छ । प्लेटफर्म बरिपरि मानिसहरु हिडिरहेका भएपनि पिडितलाई कसैले वास्ता नगरेको पाइएको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि प्रहरीले सिसि क्यामेराको फुटेजमार्फत अनुसन्धान भैरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया