बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

टोकियो–गतबर्षमा मात्रै जापानमा ३ अरब ७५ करोड येन मानिसले हराएका र सो रकम अघिल्लो वर्षको तुलनामा २.१ प्रतिशतले बढि रहेको प्रहरीले जनाएको छ ।
हराएको रकम मध्येको २ अरब ७ करोड रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको, ५१ करोड येन रकम जानकारी दिनेलाई प्रदान गरिएको र ४८ करोड येन रकमको दाबी नआएकाले टोकियो महानगरीय सरकारमा रहेको जनाइएको छ । रकम फेला पारेको जानकारी दिनेलाई सम्बन्धित व्यक्तिलाई २० प्रतिशतसम्म सम्मान स्वरुप दिने गरिन्छ ।
हराएको रकम आधिकारिक प्रमाणसहित ९० दिनभित्रमा प्रहरीकोमा आवेदन गर्नसक्ने यहाँको व्यवस्था रहेको छ । रकम भेटिएर प्रहरीलाई प्राप्त भएपनि दाबी गर्न नआएमा सो रकम स्थानीय सरकारको राजस्वमा पठाउने गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया