सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

टोकियो – जापान सरकारले अब जापान प्रवेश गर्ने बिदेशीहरुलाई क्षयरोगको परिक्षण गरेर मात्र प्रवेश दिने नीति लागु गर्ने भएको छ ।

बिशेष गरी क्षयरोगको प्रकोप बढिरहेका दक्षिणपूर्वी एशियाली मुलुकबाट आउने बिदेशीहरुलाई यो नीति लागु गर्ने योजना बनाएको यहाँको श्रम तथा समाज कल्याण मन्त्रालयलाई उद्धृत गर्दै टिबिएस टेलिभिजनले जनाएको छ । जापानमा बिदेशी क्षयरोगीहरुको संख्यामा बृद्धि भएको पाईएकोले यस्तो गर्न लागिएको समाचारमा उल्लेख छ ।

सो मन्त्रालयका अनुसार सन् २०१६ को तथ्याङ्कमा जापानमा क्षयरोगीहरुको संख्या १७ हजार ६ सय २५ जना रहेकोमा त्यस मध्य १ हजार ३ सय ३८ जना बिदेशी रहेको पाईएको छ । उक्त संख्या हालसम्मकै सबैभन्दा बढि हो । क्षयरोग लागेको बिदेशीलाई जापान प्रबेशमा अनुमति नदिईएको भए पनि प्रबेश गर्दा क्षयरोग लागेको तर कुनै लक्षण नदेखिएको तर यहाँ आइसकेपछि पत्ता लागेको क्षयरोगीहरु बढि भएको पाईएको छ । जसको कारण जापान सरकारले जापान आउनु अघि नै अनिबार्य रुपमा क्षयरोगको परिक्षण रिपोर्ट पेश गर्नुपर्ने नियम लागु गर्न लागेको हो । स्मरण रहोस, गतबर्ष पनि जापानी भाषा स्कुलमा पढ्ने बिदेशी बिद्यार्थीहरुलाई क्षयरोग देखिएको समाचारहरु जापानी सञ्चारमाध्यामहरुमा प्रकाशित भएका थिए ।***

तपाईको प्रतिक्रिया