Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

रसुवा – नेपाल-चीनबीच उत्तरी नाका रसुवागढीबाट नेपाल भित्र्याइने चिनियाँ सामग्री केरुङमा लोड हुन थालेको छ ।

सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेका अनुसार सामान ल्याउने ट्रक तथा कन्टेनर दिनहुँ २०-३५ वटाको संख्यामा सीमापार गर्न थालेका छन् । हालसम्म तीन सयदेखि चार सयसम्म मालबाहक सवारी साधन केरुङ क्षेत्रमा पुगिसकेको र सामान लोड हुने क्रम जारी रहेको उहाँले बताउनुभयो ।

उता केरुङ क्षेत्रमा सामान ढुवानी गर्ने सबैभन्दा ठूलो चिनियाँ मुसाटासपोर्टले भने नेपाल पठाउने सामग्री लोड गर्ने काम आज बिहानैदेखि शुरु गरेको छ । लोड हुन थालेका ती सामग्रीमा कपडा, जुत्ता, चप्पल, बच्चाका खेलौनालगायत रहेको बताइएको छ ।

चिनियाँ नयाँ वर्ष र ल्होछार पर्वका कारण कामदार बिदामा जाँदा गत माघको अन्तिम साताबाट बन्द भएको ढुवानी सेवा अब नियमित शुरु भएको मुसाटासपोर्टले जनाएको छ । सामान आयात निर्यात नहुँदा सुनसान रहेको टिमुरे तथा रसुवागढी क्षेत्रमा चहलपहल ह्वात्तै बढेको छ ।

तपाईको प्रतिक्रिया