Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं-सन् १९७८ देखिनै कोकाकोला फिफाको आधिकारिक प्रायोजक रहँदै आएको छ र त्यस पल देखिनै हरेक खेलमा कोका कोलासंगै रहेको छ । चालीसौ वर्षको आधिकारिक प्रायोजकमा, कोकाकोलाले यस वर्ष नेपालमा सबै भन्दा ठुलो अभियान ल्याएको छ कोक खाम् रसिया जाम् “ जहाँ ४० जना भाग्यसाली उपभोक्ताले फिफा प्रत्यक्ष हेर्न रसिया जान पाउने छन् ।

कोकाकोला नेपालले आफ्ना उपभोक्तालाई निकै ठूलो र आश्चर्यजनक क्याम्पेन सार्वजनिक गरेको छ । ‘कोक खाम्, रसिया जाम्’ अफर अन्तर्गत कोकाकोलाका उपभोक्ताले जीवनमा एक पटक आउने मौका प्राप्त गर्ने छन् । यस योजना अन्तर्गत भाग्यशाली उपभोक्ताले सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् ।
यस योजना अन्तर्गत ४० भाग्यशाली उपभोक्ताले रसिया पुगेर विश्वकपको प्रत्यक्ष अनुभब गर्नेछन् । यसका अलावा २०० उपभोक्ताले दैनिक आकर्षक उपहार जित्न सक्नेछन् । फिफा लोगो अंकित फिफा वल्र्डकप बिशेष उपहारहरु जस्तै स्पिकर, हेडफोन, पेन ड्राइभ जस्ता बस्तुहरु जित्न सक्ने छन् भने हरेक दिन २ जनाले २४ इन्चको टेलिभिजन जित्न सक्नेछन् । यसरी यो पूरै क्याम्पेनमा १२ हजार ६०० जनाले बिभिन्न प्रकारका उपहार जित्न सक्नेछन् ।
कोकाकोला नेपालका कन्ट्रि डाईरेक्टर अम्बुज सिंहले भन्नुभयो ‘विश्वकप सुरु हुन अगाडि ‘कोक खाम, रसिया जाम्’ अभियान संचालन गर्न पाएकोमा हामी निकै खुशी छौं । फिफासँग हामीले ४० वर्ष देखि सहकार्य गर्दै आइरहेका छौं । हाम्रा महत्वपूर्ण उपभोक्तालाई हामीले सबैभन्दा ठूलो अवसर सिर्जना गरेका छौं र उहाहरुलाई यो अभियानमा भाग लिन प्रोत्साहन गर्द छौ । यो निकै ठुलो क्याम्पेन हो जहाँ १२ हजार ५०० बिजेताले फिफाको लोगो अंकित बिषेश उपहार जित्न सक्ने छन् । छानिने छन् । जसमा ४० जनाले प्रत्यक्ष खेलहेर्ने मौका पाउने छन् । हामी तपाईहरु सबैलाई प्रोहोत्साहन गर्न चाहन्छौं कि लेवल पछाडि रहेको युनिक कोड ३७७२२ मा पठाएर आफ्नो विश्वकप हेर्ने सपना पुरा गर्न सक्नु हुनेछ । नेपाल फुटबललाई माया गर्ने देश हो र कोकाकोला चाहन्छ यहाँका हाम्रा उपभोक्ताहरुले अविश्वसनीय विश्वकपको प्रत्यक्ष अनुभब गर्न सकुन् ।’
बोर्टलर्स नेपालका प्रबन्ध निर्देशक पुनित वाश्र्ने भन्नुहुन्छ ‘हामीले विश्वको सबैभन्दा लोकप्रिय खेलसँग लामो समयदेखि सहकार्य गर्दै आएका छौं । लोक प्रिय खेल र लोकप्रिय पेय पदार्थ बीचको सहकार्यले उपभोक्ताहरुलाई जीवनमा एक पटक अस्मरणीय अनुभब प्रदानगर्ने छ । जहाँ फुटबलको सुन्दर खेल प्रत्यक्षरुपमा हेर्ने मौका पाउने छन् । यो एउटा रसिया गएर विश्वकपको अनुभब गर्ने अवसर मात्र होइन, विश्वकपसँग जोडिएका बिषेश उपहारको साथमा टेलिभिजन उपहार जित्ने मौकासमेत हो । हामी तपाईहरुको विश्वकप यात्रामा सदैव साथ रहने छौँ । म सबै फुटबल प्रेमीहरुलाई यो अभियानमा जोडिन आह्रावन गर्दछु । कोकाकोलासँग फुटबलको मज्जा लिनु होस् र भाग्यमानी हुँदै रसिया यात्राको ट्रिप जित्नुहोस् । ’
यो योजना फेब्रुवरी १५ देखि सुरु भएर अप्रिल १५ सम्म संचालन हुने छ । यो अफरमा ३०० एमएल, ५०० एमएल, १ लिटर, १.५ लिटर र २.२५ लिटरका कोक, फेन्टा ओरेन्ज, फेन्टा लेमोन, स्प्राइट र कोक जिरोमा लागू हुनेछ । यो क्याम्पेनमा १८ बर्ष पूरा गरेका नेपाली नागरिकले भागलिन पाउने छन् ।
यसमा सहभागी हुनुहुने उपभोक्ताले १० अंकको युनिककोड जुन लेबलको पछाडि राखिएको हुन्छ, त्यसलाई ३७७२२ मा एसएमएस गर्नु पर्नेछ । लक्की ड्रमा राति १२ बजेदेखि बेलुका ७ बजेसम्म आएका एसएमएस समावेश गराइने छ ।

तपाईको प्रतिक्रिया