काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अाइतबार बेलुकी निजी निवास बालकोटबाट प्रधानमन्त्री निवास बालुवाटारमा सर्नुभएको छ ।
दिउँसै सर्ने भनिएपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता भएकाले उहाँ बेलुकी अबेर मात्र बालुवाटार सर्नुभएको हो । प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा गएको वर्ष साउन १९ गते आफू बहिर्गमन हुँदा समृद्धिको प्रतीकस्वरूप पीपलको वृक्ष रोप्नुभएको थियो ।
सोमबार १९ महिनापछि त्यही पीपलको बिरुवामा पानी हाल्दै बालुवाटार प्रवेश गर्नुभयो । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार प्रधानमन्त्रीको सरकारी निवासबाट सरेपछि सोमबार प्रधानमन्त्री ओली सरकारी निवासमा सर्नुभएको हो ।
प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा प्रवेश गर्दा पार्टीका नेता, कार्यकर्ता तथा सरकारी कर्मचारीले स्वागत गरेका थिए ।
शुभकामना दिन गएका समर्थकसँग अाेली
टिका ग्रहण गर्दै अाेली