मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

टोकियो–नेवाः अन्तररााष्ट्रिय फोरम जापानले दोस्रो पटक सामुहिक बेल विवाह (ईही)को कार्यक्रम आयोजना गर्ने भएको छ ।
जापानमा नेवारहरूको जनसंख्या बढेसँगै नेवार कला–सस्कृति, रीति–रिवाजलाई संरक्षण, सम्र्वद्धन तथा निरन्तरता दिने उदेश्यले फेब्रुअरी १८ तारिकका दिन सामुहिक बेल विवाहका लागि  छलफल गर्न लागिएको फोरम जापानका महासचिव शिव तण्डुकारले जानकारी दिनुभयो ।
उमेर पुगेका नेवार बालिकाहरूको बेलसँग विवाह गर्नुपर्ने परम्परालाई निरन्तरता दिनका लागि विदेशमा रहेरपनि नेवारी कला–संस्कृति मनाउने, आफ्ना सन्ततीलाई यसबारेमा जानकारी गराउने, र जापानमा रहेका अन्य नेपाली समुदायसँगै जापानीलाई नेवारी कला संस्कृतिका बारेमा जानकारी दिनका लागि यो कार्यक्रम गर्न लागिएको बताइएको छ ।
फोरमले दुई वर्ष अगाडि पनि सात जान बालिकाहरूको सामुहिक बेल विवाह गराएको थियो । बेल विवाह गर्न उमेर पुगेका बालिकाहरूलाई यस कार्यक्रममा भाग लिन लगाउनु हुन जापानबासी नेवार समुदायलाई महासचिव तण्डुकारले अनुरोध समेत गर्नुभयो ।
२००३ स्थापित नेवाः अन्तरराष्ट्रिय फोरम जापानले नेवारी कला संसकृति, रीतिरिवाजसँग सम्बन्धित नै विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया