बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

टोकियो – जापानको चिवा प्रिफेक्चरमा शुक्रबार एक २० वर्षीय महिलाले ट्रेनमा नै बच्चाको जन्म दिएकी छिन् । बच्चाको जन्मपश्चात आमा र बच्चाको स्वास्थ्य राम्रो भए पनि उनीहरुलाई फायर फाइटर्स ग्रुपले सुरक्षित रुपमा अस्पताल पुर्‍याएको थियो ।
काशिवा स्टेशनमा अकास्मात आलाराम बजाएर ट्रेन रोकिएपछिको अवस्थालाई बुझ्दा ती महिला ट्रेनमा पल्टिएर बच्चाको जन्म दिएपछि पाँचजना महिलाले घेरेर राखी निजलाई फायर फाइटर्स ग्रुपको जिम्मा लगाईएको जापान टुडेले जनाएको छ ।

स्रोतका अनुसार पूर्वी जापान रेलवेमा यस प्रकारको घटना दुर्लभ रुपमा हुने गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

ट्रेन कण्डक्टरले हतारमा कार नम्बर ६ का सञ्चालकसंग कम्वल मागेर ती महिलाको शरिरको तल्लो भाग छोपिदिएका थिए । ती सुत्केरी महिलाले आफ्नो बच्चालाई तुरुन्तै काखमा राखेर कम्वलले बेरेर राखेको देखेपछि र यात्रुहरुका बिचमा बच्चाले पहिलो आवाज सुनाएकोमा सबैले उनलाई बधाई दिए ।

ट्रेन कण्डक्टरले लाउड स्पीकरमार्फत चिकित्सा पेशासँग सम्बन्धितहरुलाई सहयोगका लागि अनुरोध गरेर त्यहाँबाट सुत्केरी महिलालाई बाहिर पठाउनका लागि ३० मिनेट ट्रेन रोक्नुपरेको बताइएको छ ।
डाक्टर र नर्स टोकियो सिनागावा स्टेशनबाट उनलाई सहयोग पुरयाउन हिडेका भएपनि बच्चाको जन्म भैसकेपछि मात्र त्यहाँ पुगेका थिए । दिउँसोको १ बजेर ४० मिनेटमा बच्चाको जन्म दिएकी ती महिलाले ट्वीटरमार्फत सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आफ्नो बच्चा भविष्यमा सबैलाई सहयोग गर्ने हुनेमा विश्वास लिएकीछिन् ।

उत्तरपूर्वी जोवान लाइनको ट्रेनमा यो घटनापछि केही समयका लागि ट्रेन सञ्चालनमा रोक लगाईएको थियो । ***

तपाईको प्रतिक्रिया