मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

टोकियो -वर्ल्ड नेवा: अर्गनाईजेशन जापानको आयोजनामा टोकियोको इकेगामि काइकान हलमा  हुन लागेको पहिलो  नेवा:नसा नख: (नेवार फूड फेस्टिवल ) ११३८ मा नेवा:सुपर स्टार पुरस्कार घोषणा हुने भएको छ । 

नेवार सिने कलाकारुहरुलाई प्रोत्साहन स्वरुप दिइने उक्त रकम एकमुष्ठ एक लाख रुपैंयाको हुने कुमार बज्रले जानकारी दिनुभयो ।  प्रत्येक  वर्ष एक जना नेवा:सुपर स्टार घोषणा गरि उक्त पुरस्कार दिइने छ ।

नेपाल भाषा कला – संस्कृति उत्थानका लागि प्रत्यक नयाँ वर्षमा एक  आर्थिक सहयोग अभियान अन्तर्गत उक्त पुरस्कारको घोषणा हुन लागेको हो । यस अभियानलाई सफल तुल्याउन संसार भरका सम्पूर्ण नेपालीहरुलाई आर्थिक सहयोग गर्न संस्थाका संयोजक सुनिल कुमार शाक्यले आव्हान गरेको छ ।

स्मरण रहोस नेपाल सम्बत ११३७ को उपलक्षमा नेपाल भाषा मचा सिरपा (नेपाल भाषा बाल पुरस्कार ) अन्तर्गत हालसम्म १८ जनाको सहयोगले १८ लाख रुपैंया आर्थिक संकलन भई अक्षयकोष खडा भई सकेको छ ।

तपाईको प्रतिक्रिया