मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

फोटो : गुगल

टोकियो–कसैले विश्वमा लामो उमेरसम्म बाँच्ने कुन देशका नागरिक होलान भनेर प्रश्न गर्यो भने यसको सहजै उत्तर आउँछ जापान भनेर । जापानको, रहनसहन, शरीरको लागि राम्रो खानपान र उपयुक्त जीवनशैली, चिन्तनका कारण जापानका नागरिकहरु लामो समयसम्म बाच्ने एक अध्ययनले देखाएको छ ।
जापानको किकाइ द्विपमा रहेकी ११७ वर्षकी नावी ताजीमा सबैभन्दा बढी उमेरकी महिला हुन् भने ११२ वर्षका मासाजो नानोका सबैभन्दा बढी उमेरका पुरुष हुन् । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रायलका अनुसार गतवर्षको सेप्टेम्बरसम्ममा १०० वर्ष पार गरेका नागरिकहरुको संख्या ६७ हजार ७ सय ८२ रहेको जनाएको छ ।
विश्वमै सबैभन्दा लामो आयु बाँच्नेमा जापानका बासिन्दा पहिलो नम्बरमा छन । जापान एक यस्तो देश हो जहाँ नागरिकको हाल औषत उमेर महिलाको ८६ वर्ष र पुरुषको ८० वर्ष रहेको छ । यस मध्ये ८८ प्रतिशत महिला रहेका छन । यो औसत आयु अन्य मुलुकको भन्दा बढी हो । आखिर के कारणले उनीहरुले यति लामो समय बाँच्छन त ?
अध्ययनले सामान्यतः धेरै जापानी सय बर्ष भन्दा बढी बाँच्छन र ६० बर्षमा त उनीहरु जवान नै दैखिने बताएको छ । जापानीको आयु लामो हुनुको मुख्य कारण रुपमा नियमित व्यायामलाई लिने गरेको बताइन्छ । जापानका प्रत्येक घरको नियम कै रुपमा परिवारका सदस्यले योग, मार्शल आर्टको कक्षा लिनैपर्छ । बच्चा उमेरदेखि यसरी उनीहरु व्यायाममा अभ्यस्त हुन्छन् । यसले उनीहरुको शरीर फूर्तिलो र तन्दुरुस्त हुन्छ । उनीहरु पाको उमेरमा समेत व्यायाम गर्न छु्टाउँदैनन् ।
अध्ययनकै अनुसार जापानीहरुको हाँस्ने बानीले पनि लामो उमेर बाच्नका लागि सहयोग पुर्याएको देखिन्छ । उन्मुक्त हाँसो प्राकृतिक औषधी हो, जसले धेरै रोग लाग्न दिदैन । यसले डिप्रेसन र निरासाबाट मुक्ति मिल्छ । जब खुलेर हाँसिन्छ, रोग प्रतिरोधात्मक क्षमता बढ्छ भन्ने कुरालाई राम्रोसँग बुझेका यहाँका नागरिक उन्मुक्त हाँस्दा थप ८ बर्ष भन्दा बढी उमेर बाचेको पाइएको हो ।
जापानीहरुले खानपानमा निकै ध्यान दिने गरेका हुन्छन् । माछा र मासु प्रसस्त खाने भएपनि मासुभन्दा माछालाई प्राथमिकतमा राख्दै रातो मासु सकेसम्म कम खाने गरेको देखिन्छ । माछाबाट उनीहरुको भिटामिन, तेल र न्युट्रिएन्ट्सको लेभल बढ्छ । यसले गर्दा मुटुको रोग पनि कम लाग्ने गरेको पाइन्छ ।
जापानीको खानामा आधा खाद्य पदार्थ छ भने आधा हरियो तरकारी हुने गर्दछ । त्यसबाहेक उनीहरु विभिन्न प्रकारका दाल सेवन गर्छन । उनीहरु मिक्स भेज खान रुचाउँछन । यसमा एन्टिअक्सिडेन्ट र फाइटोकेमिकल्स पाइन्छ, जसले गर्दा क्यान्सर लगायतका रोग लाग्नबाट बचाउने अध्ययनले देखाएको छ ।
नियन्त्रित खानपान – लामो आयु बाँच्ने एक व्यक्तिले भनेका थिए, ‘थोरै खाउँ, लामो जीवन बाँच ।’ जापानीहरुले यहि कुरालाई आत्मसात गरेका हुन्छन । उनीहरु एकै पटकमा अधिक खाना खाँदैनन् । आफुलाई भोक लागेको भन्दा पनि कम खानेकुरा सेवन गर्छन । अध्ययनबाट प्रमाणित भएको छ कि, भोक लागेको भन्दा कम खाना ग्रहण गर्दा उसको उमेर क्रमशः बढ्दै जान्छ ।
जापानीको परिकार तारेको भन्दा बढी उसिनेको हुन्छ । वा बाफमा पकाइएको हुन्छ । धेरै तेल र नुनको प्रयोग नगरेकाले उनीहरु स्वस्थ्य हुन्छन । जापानी आफ्नो भोजनमा तेल र मसलाको प्रयोग कम गर्ने गर्दछन् ।
जिन्दगीलाई राम्रोसँग भोग गर्नु जान्नुपनि यहाँका नागकिहरु लामो उमेरसम्म बाँच्ने आधारका रुपमा लिने गरिएको छ । जापानीहरु समस्यामा परेको अवस्थामा पनि खुसी देखिने, अरुको विवादमा चिन्ता नलिने, शान्तिपूर्ण जीवन विताउने प्रयास गर्ने, सामाजिक सेवामा अग्रसर हुनेकारणले पनि लामो उमेरसम्म बाचेको सो अध्ययनले देखाएको छ ।
धुमपान, मदिरा, नुनयुक्त खानेकुरा जरुरत भन्दा बढी सेवन गर्दैनन् । यस्ता नराम्रो बानी उनीहरुमा हुँदैन । जापानीहरु सकेसम्म एलोपेथिक औषधीमा निर्भर हुँदैनन । उनीहरु जडीबुटी वा प्राकृतिक उपचारलाई पनि विश्वास गर्ने गर्छन् ।
जापान विश्वकै यस्तो देश हो, जहाँ सरसफाईमा एकदमै ध्यान दिइन्छ । उनीहरु सामान्य कुराको सरसफाईमा समेत लापरबाही गर्दैनन र सरसफाईको सवालमा एकदमै संवेदनशील हुने गर्दछन् ।
६० बर्षपछि पनि उनीहरु काम गर्न रुचाउँछन् । उनीहरु घरमा बस्न र धेरै सुत्न रुचाउँदैनन् । कुनै न कुनै काममा आफुलाई व्यस्त राख्छन् । जापानी गरिरो निन्द्रा लिने अभ्यास गर्छन् । उनीहरु हरेक दिन कम्तिमा आठ घण्टा  सुत्ने गर्दछन् ।

तपाईको प्रतिक्रिया