मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – बाहुबली जोडी प्रभास र अनुस्का सेट्टी अफेयरमा रहेको खबर फैलिरहेको छ । केही मिडियाले उनीहरू गहिरो प्रेममा रहेको र केही समयमै इंगेज्मेन्ट गर्ने तयारीमा रहेको खबरसमेत प्रकाशन गरे । तर, अहिले आएर अनुस्काले आफू र प्रभासबीचको खास सम्बन्धको खुलासा गरेकी छिन् ।

उनले हालै दिएको एउटा अन्तर्वार्तामा आफू र प्रभास प्रेममा नरहेको दाबी गरेकी छिन् । ‘म र प्रभासबीच विशुद्ध साथीको सम्बन्ध छ । त्योभन्दा अरु केही पनि छैन,’ उनले भनेकी छिन्,‘उनी र म बिहे गर्ने खबर सरासर झुटो र निराधार हो । जब म बिहे गर्छु, सबैलाई खबर गर्नेछु । मेरो परिवारले खोजेको केटासँग नै म बिहे गर्नेछु ।’

अनुस्काले मिडियाले कुरा नबुझिकनै समाचार बनाउने गरेको आरोप लगाइन् । ‘म आफ्नो निजी जिन्दगी नितान्त निजी राख्न चाहन्छु,’ उनले भनेकी छिन्, ‘तर, मिडियाले अनावश्यक खबर प्रकाशन गर्छन् । म कसैको प्रेममा छैन । म निजी जीवनका कुरा समाचारमा ल्याउनै चाहन्नँ ।’

तपाईको प्रतिक्रिया