Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडाैं – सामान्यतः अदूवालाई खानेकुराको स्वाद बढाउनका लागि प्रयोग गरिन्छ । तर, यसको उपयोगिता यत्तिमा सिमित छैन । शरीरको तौल घटाउनका लागि अदुवा उपयोगी हुन्छ । वैदिक कालमा समेत तौल घटाउनलाई अदूवाको उपयोग गरिएको पाइन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कसरी ?
अदुवाको सेवनले हाम्रो शरीरको मेटाबोलिज्ममा सोझो असर गर्छ, जसले गर्दा तौल घट्छ । अदूवामा कुनै क्यालोरी हुँदैन र यसले शरीरको मेटाबोलिज्मलाई पनि बढाउँछ ।

शरीरको मेटाबोलिज्म ठीक भए हाम्रो पाचन पनि ठीक हुन्छ र शरीर स्वस्थ रहन्छ । यसले शरीरको क्यालोरीलाई घटाउँछ र हाम्रो तौल पनि कम हुन्छ । क्यालोरीरहित हुने कारणले अदूवाको सेवनबाट पेट भरिएको महसुस हुन्छ र हामीलाई धेरै खाने इच्छा हुँदैन ।

अदूवाको सेवनबाट वजन घटाउने थुप्रै तरिका छन् । प्रत्येक विहान अदूवालाई पानी वा महका साथीमा सेवन गर्न सकिन्छ । साथै, यसलाई पेय पदार्थ वा चियाको साथमा पनि प्रयोग गर्न सकिन्छ । अदुवाको धुलोको उपयोग पनि तौल तौल घटाउनलाई हुन्छ ।

१.बिहान खाली पेटमा काँचो अदुवा खाने
अध्ययनबाट प्रमाणित भएको छ कि विहान खाली पेटमा अदुवा सेवन गर्दा धेरै फाइदा मिल्छ । यसले शरीरको मेटाबोलिज्मलाई बढाउँछ र पाचनतन्त्रलाई नियन्त्रित गर्छ । तर, अद’वा केवल एक चौथाई इन्च मात्रै टोक्नुपर्छ । यसको तितोपनालाई हटाउनका लागि अदुवा खानासाथै केही मिठो कुरा खान सकिन्छ ।

२.अदुवायुक्त पानी पिउने
अदुवा खाने यो सबैभन्दा सहज उपाय हो । आधा गिलास सादा पानीमा अदुवाको धुलो वा अदुवाको टुक्रा हाल्ने । यसलाई राम्ररी घोलेर पिउनुपर्छ । यसलाई मिठो बनाउनका लागि मह, कागति वा अलिकति नून पनि हाल्न सकिन्छ । तर, खाली पेटमा अदूवाको सेवन बढि फाइदाजनक हुन्छ । पानीसँग दैनिक तीनपटक अदूवाको सेवन गर्नाले चाँडै फरक महसुस गर्न सकिन्छ र शरीरको तौल पनि कम हुन्छ ।

३.चियाको रुपमा अदुवा सेवन
नियमितरुपमा चियामा हालेर अदुवा सेवन गर्दा चाँडै नै शरीरको तौल घट्छ । यसले पेटको बोसो कम गर्नुका साथै शरीरको तौललाई पनि नियन्त्रणमा राख्छ । रुघा, खोकी र राम्रो पाचनका लागि पनि अद’वा उपयोगी हुन्छ । अदूवाको एउटा सानो टुक्रालाई लिएर राम्रोसँग कुट्नुस । त्यसपछि एक भाँडो पानी उमाल्नुस र यसमा अदुवा हालेर उमाल्ने । अनि, यसलाई छान्नुपर्छ र बिस्तारै-बिस्तारै तातो अदुवा पानी पिउनुपर्छ । यसबाट चाँडै नै फरक महसुस गरिनेछ ।

४.अदूवाको सुप
जाडो ठाउँमा बस्नेका लागि अदूवाको सुप पिउनु तौल घटाउने सबैभन्दा प्रभावकारी तरिका हो । अदूवाको सुप पिउन थालेको केही दिनमा नै तपाईंको शरीरको वजन नियन्त्रित हुन्छ ।

५.अदुवा पाउडरको सेवन
यदि तपाईंलाई अदुवा खान मन पर्दैन भने वजन घटाउनका लागि तपाईं अदुवा पाउडरको सेवन पनि गर्न सक्नुहुन्छ । विशेषत पेटको बोसो घटाउनका लागि अदुवा पाउडर प्रभावकारी हुन्छ । काँचै अदुवा खान सकिएन भने यसलाई पानी वा महको साथमा खानुपर्छ ।

६. खानामा अदूवाको प्रयोग
खानामा धेरै प्रकारले अदूवाको प्रयोग गर्न सकिन्छ । तस यदि तपाईं अदूवाको प्रयोग भोजनमा गर्नुहुन्न भने छुट्टै अदुवा नियमितरुपमा खानुपर्छ । तर, यो कुरालाई ध्यानमा राख्नुस कि एकैचोटि धेरै अदुवा खानु हुँदैन ।

तपाईको प्रतिक्रिया