आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
टोकियो – जापानमा क्रियाशील बलेवा सेवा समाज जापानको तेश्रो अधिवेशन अंग्रेजी नयाँ वर्षको अवसरमा जापानमा हुने भएको छ । डिसेम्बर ३१ मा हुने तेस्रो साधरण सभाले आगामी २ वर्षे कार्यकालका लागि नयाँ कार्य समिति चयन गर्ने समाजले बताएको छ ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका जापानमा विभिन्न पेशा तथा व्यवसायको शिलशिलामा जापानमा रहेकाहरु विचको भेटघाट तथा शुभकामना आदान प्रदान सहित नयाँ कार्य समिति चयन गर्ने संस्थाका महासचिव सर्मेन्द्र पिसीले जानकारी दिनुभयो । सेवा र संरक्षण हाम्रो दायित्व भन्ने मुल नाराका साथ सञ्चालन हुने अधिवेशनमा ख्याति प्राप्त लोकदोहोरी गायक सूर्य खड्काको सांगीतिक प्रस्तुति समेत रहने पिसीले बताउनुभयो ।
अधिवेशनमा महासचिव  पिसीले कार्यकालको समिक्षा तथा सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष दिपक चापागाईले अर्थिक प्रतिवेदन पेश गर्ने र कार्यक्रमको उद्घाटन संरक्षक महेन्द्र महेन्द्र पिसी र अध्यक्ष दिपेन्द्र केसीले गर्ने बताईएको छ । विभिन्न सामाजिक कार्यमा क्रियाशील संस्थाले विभिन्न समयमा विभिन्न रोगबाट पिडितहरुका लागि राहत संकलन, भूकम्प पिडितलाई आर्थिक सहयोग, विपिन्न विद्यार्थी लक्षित गरि अक्षय कोष सञ्चालन गर्दै आएको समाजका अध्यक्ष दिपेन्द्र केसीले बताउनुभयो ।
तपाईको प्रतिक्रिया