बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – फिलिपिन्समा आएको शक्तिशाली आँधी बेहरीका कारण ज्यान गुमाउनेको संख्या एक सय ८० नाघेको छ ।  दक्षिणी फिलिपिन्समा आएको उष्णप्रदेशीय आँधीका कारण ठूलोमा मात्रामा मानवीय तथा भौतिक क्षति भएको छ ।

अझै पनि धेरै मानिस हराइरहेको सरकारी अधिकारीले बताएका छन् । आँधी बेहरीका कारण सबैभन्दा बढी फिलिपिन्सको दिक्षणी क्षेत्रमा रहेको मिन्दानाओ टापु प्रभावित भएको छ ।

टेम्बिन नामको उष्णप्रदेशीय आँधी बेहरीपछिको बाढी तथा पहिरोका कारण ठूलो मात्रामा मानवीय क्षति भएको बिबिसीले  जनाएको छ । ८० मिलोमिटर प्रति घण्टाको गतिमा रहेको आँधी मिन्दानाओबाट दक्षिणमा पर्ने पलावानतर्फ अघि बढेको छ ।

बाढीले मिन्दानाओ टापुका केही गाउँ नै बगाएको छ । हराइरहेकाको खोजी भैरहेको फिलिपिन्सका अधिकारीले बताएका छन् ।

सरकारले आँधीका कारण प्रभावित लनाओ डेल नोर्ते, लनाओ डेल सुर तथा मिन्दानाओका केही क्षेत्रमा आपकालीन अवस्था घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया