मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – एमालेले ७५, कांग्रेसले ७२, माओवादीले ३५, संघीय समाजवादी फोरमले १३, राजपाले १२, राप्रपा र विवेकशील पार्टीले तीन-तीन सिट पाए

निर्वाचन आयोगले गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ सात वटै प्रदेशमा दलले प्राप्त गरेको सिट संख्या सार्वजनिक गरेको छ ।

आयोगका सचिव एवं समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृत वेगेन्द्रराज शर्माले  पत्रकार सम्मेलनमार्फत दलले प्राप्त गरेको कुल सिट संख्या २२० सार्वजनिक गरेका हुन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको सिट संख्या 


कांग्रेस एकल संक्रमणीय प्रणालीमा कायमै, राजपा र फोरमको पनि साथ

सर्वदलीय छलफल नै नबोलाएको भनेर एमाले र माओवादीबाट आलोचित भएका देउवाले कानुनमन्त्री थापासहित बैठकमा राष्ट्रिय सभाको चरित्र, भूमिका, विगतका अभ्यास र चलनको व्याख्या गर्नुभएको थियो ।

संघीय कानुनअनुसार हुन्छ भनेरै एकल संक्रमणीय विधिबाट राष्ट्रिय सभा गठन गर्न सरकारले अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको पौडेलको भनाइ छ ।मधेसकेन्द्रित दलबाट उपेन्द्र यादव र महन्थ ठाकुरले पनि आफूहरू एकल संक्रमणीयकै पक्षमा रहेको बताएका थिए ।

‘तीन दलले नै खडा गरेको समस्या हो यो । त्यसैले हामी तीन दलले समस्या हल गरून् भन्ने पक्षमा छौँ,’ संघीय समाजवादी फोरमका अध्यक्ष यादवले भन्नुभयो, ‘हामी एकल संक्रमणीय विधिबाटै राष्ट्रिय सभा गठनको पक्षमा छौँ ।’

एमाले अध्यक्ष ओली बालुवाटार पुग्नुअघि प्रधानमन्त्री देउवाले मधेसकेन्द्रित दुई दलका नेतासँग छलफल गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया