बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं  – नाइजेरियाको आतङ्ककारी समूह बोको हरामलक्षित सुरक्षा कारबाहीमा परी २० आतङ्ककारी मारिएका छन्।

सो कारबाहीका क्रममा बोको हरामका १७ लडाकु पक्राउ परेको पनि जनाइएको छ। करिब दुई साता अगाडिदेखि सुरक्षा कारबाही सुरु भएको नाइजेरियाली सेनाका प्रवक्ता तिमोथी एन्टीघाले जानकारी दिनुभयो।

सुरक्षाकर्मीहरूले हवाइ र स्थलमार्गबाट कारबाही गरेका थिए । जारी यस कारबाहीका क्रममा महिला बालबालिका र वृद्धगरी एक सयभन्दा बढीलाई उद्धार गरिएको पनि जनाइएको छ।

भिडन्तका क्रममा ६ जना सुरक्षाकर्मी घाइते भएका र उनीहरूको सैनिक अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया