सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

 वाशिङ्टन  – अमेरिकाको वाशिङ्टनमा रेलको डिब्बा राजमार्गमा खस्दा कम्तिमा ६ जनाको ज्यान गएको छ । घटनामा एक सयजना धेरै घाइते भएको सिएनएनले जनाएको छ ।

राजमार्गमाथि रहेको रेलमार्गमा गुडिरहेको रेलको डिब्बा लिकबाट फुत्किएर तल रहेको आई–५ राजमार्गमा खस्दा दुर्घटना भएको हो । सरकारी अधिकारीले ६ जनाको ज्यान गएको बताए पनि ज्यान गुमाउनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

 

घाइते तथा ज्यान गुमाउनेको यकिन विवरण अहिलेसम्म नआएको वाशिङ्टन प्रहरीले जनाएको छ । समाचार संस्था एसोसियट प्रेशलेभ ने सरकारी अधिकारीलाई उद्धृत गर्दै कम्तिमा ६ जनाको ज्यान गएको बताएको छ ।

रेलका कम्तिमा चारवटा डिब्बा तल राजमार्गमा खसेको जस्तो घटनापछिको तस्बिरबाट अनुमान लगाउन सकिने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

ज्यान गुमाउने सबैजसो रेलमा रहेका यात्रु हुन् । तर तल सडकमा रहेका कोहीलाई केही नभएको सरकारी अधिकारीले बताएका छन् । दुर्घटनाको कारण थाहा नभएको र अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ । रेलको डिब्बा तल राजमार्गमा खस्दा यातायात प्रभावित भएको छ ।

तपाईको प्रतिक्रिया