आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता सोमबारबाट सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा विभिन्न  शहरको नामबाट ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज र चितवन टाइगर्स रहेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं किंग्स एलेभेन र ललितपुर प्याट्रओट्स भिड्दैछन् ।

काठमाडौं श्रीलंकन खेलाडी फरविज महारुफको कप्तानीमा मैदान उत्रनेछ भने ललितपुरको कप्तानी नेपाली राष्ट्रिय टिमका उपकप्तान समेत रहेका ज्ञानेन्द्र मल्ले गर्नेछन् । १३ दिनसम्म चल्ने प्रतियोगितामा १९ खेल हुनेछन् ।

दोस्रो संस्करणको इपीएलको विजेताले नगद २१ लाख पुरस्कार समेत हात पार्नेछ ।

तपाईको प्रतिक्रिया