शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – प्रमोद खरेल सुगम संगीतमा लोकप्रिय नाम हो । सयौँ चर्चित गीतमा स्वर दिएका खरेलले पहिलोपल्ट गायिका अनिता चलाउनेसँग देउडा गीत गाएका छन् ।

पत्रकार डिबी खड्काको रचना र विनोद बाजुरालीको संगीत रहेको ‘देउडा खेल्छु चट्टै’ गीतको म्युजिक भिडियो रिलिज भएको छ । म्युजिक भिडियोमा शंकर बिसी र अञ्जली अधिकारीको अभिनय रहेको छ । बिसीले नै निर्देशन गरेको म्युजिक भिडियोको छायांकन राजेश घिमिरेले गरेका हुन् ।

तपाईको प्रतिक्रिया