शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

रुपा घर्ती मगर र बद्री पंगेनीले पानी सलल पानी सलल भन्दै एकअर्कालाई तिमी जता म त्यतै जानी सलल भन्दै रुप र चालढालको निकै नै वर्णन गरेका छन् । एकअर्काले जीवनभर नै साथ दिन तयार रहँदा रहँदै पनि मन पराएको भन्न डराएको अवस्थालाई रुपा घर्ती मगरको मौलिक लोक दोहोरी एल्बम पानी सललमार्फत आफ्ना मनका वहहरु पोखेका छन् ।
मायालुलाई फकाउनका लागि विभिन्न उपमाको प्रयोग गर्दै शब्दजाल बुन्ने काम चर्चित शब्द संकलक एकनारायण भण्डारीले गरेका छन् । कर्णप्रिय स्वरका धनी बद्री पंगेनी र रुपा घर्ती मगरको सुमधुर स्वरमा सजिएको सो एल्बममा अहिलेका चर्चित मोडल दुर्गेश थापा र जुनाको जीवन्त अभिनय रहेको छ ।
सो एल्बमको म्युजिक भिडियो म्युजिक नेपालको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । सितारा म्युजिकको डिजिटल मार्केटिङ रहेको सो एल्बमको डाइरेक्सन तथा सम्पादन क्रान्ति केसीले गरेका छन् ।
भिडियाे सहित

तपाईको प्रतिक्रिया