Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

जापानमा रोजगारीको शिलशिलामा रहेका कुलकिर थापा किसानले आफ्नो दोस्रो लोक दोहोरीको एल्बम सार्वजनिक गरेका छन् । विवाहको महिना पारेर युवा पुस्तालाई लक्षित गरी करुवाको जल नामक पञ्चेबाजाको गीत बजारमा ल्याएका हुन् ।
आफुले मन पराएको प्रेमिकालाई बाध्यता र विवशताका कारण अर्कैले सिउदोमा सिन्दुर भर्दा मनमा उब्जेका पिडालाई शब्दमा बुनेर मौलिक पञ्चेबाजा सहित सो एल्बम सार्वजनिक गरेका हुन् । बागलुङ जिल्ला गल्कोट नगरपालिका ७ मल्ममा जन्मेर जापान ओसाकालाई आफ्नो कर्मथलो गराएका थापाले स्थानीय मौलिक पञ्चेबाजाको संरक्षण र संर्वद्धनमा सहयोग पुर्याउने र लोक संगीतमा थोरै भएपनि आफ्नो योगदान प्रदान गर्नका लागि एल्बम सार्वजनिक गरेको बताउछन् ।
उक्त गीतलाई लोकदोहोरी गायक सर्जक एंव पञ्चेबाजाका किङ्ग बसन्त थापाको युट्युव मार्फत बजारमा आएको हो । एल्बममा कुलविर थापा र सीता श्रेष्ठको स्वर , नवराज पन्तको शब्द तथा संगीतकार बसन्त थापाको लय रहेको छ ।
कपिल लामाको निर्देशनमा रहेको भिडियोमा मोडल रञ्जिता गुरुङ र ओवि रायमाझीले अभिनय रहेको छ । भिडियोको सम्पादन दीपक बिष्ट तथा छायांकन अजय रेग्मीले गरेका हुन् ।

भिडियाे सहित

तपाईको प्रतिक्रिया