Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – एक लोकप्रिय युट्युब च्यानलले पुनर्नवीकरण गरिएका सन् १९२९ ताकाको क्योटोका न्यूजरील फूटेज अपलोड गरेको छ। यस फिल्मको उल्लेखनीय पक्ष त्यस बेलाको जापानी सहरी जनजीवनको वास्तविक साउण्ड फूटेज समेटिनु हो। यस बेलाका न्यूजरील प्राय गरेर मूक हुने गरेका छन्।

यस न्यूजरीलमा स्पष्ट ध्वनिका साथ बजारका दृश्य, एक शिन्टो तीर्थस्थलमा आयोजित समारोह तथा एक युवतीले परम्परागत वाद्यवादन बजाएको लगायतका फूटेज समेटिएका छन्।

भिडियोग्राफर गाइ जोन्स ठ्याक्कै हालको भिडियो स्ट्याण्डर्डसँग दाँज्न सकिने गरी सदियौं पुराना फिल्महरू सम्पादन गर्छन्। यो फिल्म उनले पुनर्नवीकरण गरी युट्युबमा अपलोड गरेका दर्जनौं न्यूजरीलमध्ये एक हो।

प्राय: गरेर जोन्सले ती फिल्मका वास्तविक गतिलाई कम गरी सहरका गल्लीहरूमा देखिने क्रियाकलापसँग मिल्ने वरपरका ध्वनि थप्छन् जस्तो कि उनले पुनर्नवीकरण गरेका करीब सय वर्ष अघिको यो टोक्योको न्यूजरील फूटेज।

त्यस बेलाको अद्भूत ध्वनि सन् १९२९ ताकाको अत्याधुनिक मुभीटोन क्यामेरामार्फत रेकर्ड गरिएको थियो। मुभीटोन साउण्ड सिस्टम चलचित्रका लागि ध्वनि रेकर्ड गर्ने अप्टिकल साउण्ड अन फिल्म विधि हो जसले ध्वनि तथा तस्वीरलाई समकालीन गराउँछ।- एमआइआरसी

https://www.youtube.com/watch?v=ORHAjgDNoa8

तपाईको प्रतिक्रिया