बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाको स्वरमा रहेको नयाँ गीत ’दाइ नभन्नू ल’को भिडियो सार्वजनिक भएको छ । यो गीतबाट नयाँ डान्स ग्रुप नेपाली संगीत उद्योगमा भित्रिएको छ ।

यसअघि चलचित्र ‘पुरानो डुङ्गा’ को ‘निर’ गीतको कभर गरेर चर्चित भएको र ‘मिस्टर झोले’को गीत ‘ओखती’को कभर भिडियो प्रतियोगितामा प्रथम भएको ‘क्रिष्टल क्लज डान्स ग्रुप’ले ‘दाइ नभन्नु ल’को भिडियो निर्माण गरेको छ । गीतमा एकतारेको शब्द रहेको छ । त्यसमा अनिल शर्माले थप अन्तरा कोरेका छन् भने संगीत सुशान्त गौतमको छ ।

सो गीतमा मन परेकी युवतीले ‘दाइ’ भनेर सम्बोधन गरेपछि युवकको मनमा उब्जिएको पीडा समेटिएको छ । सन्देशजंग राणाको निर्देशन रहेको भिडियोमा सरस्वती श्रेष्ठ र आभाष जोशीले अभिनय गरेका छन् । भिडियोलाई सुरज श्रेष्ठले छायांकन तथा सम्पादन गरेका छन् ।

तपाईको प्रतिक्रिया