शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – नेपाली चलचित्रकी पुरानी नायिका गौरी मल्ल अब गायिका बनेकी छिन् । ‘जीवन साथी’ बोलको गीतमा गौरीले पहिलो पटक आफ्नो स्वर भरेकी छिन् । अभिनयको अतिरिक्त कविता लेखनमा पनि उनी सक्रिय थिइन् ।

गायक प्रमोद खरेलको पनि गीतमा स्वर छ । पूजा मारियाको शब्द रहेको गीतमा राम सिटौलाको संगीत सुन्न सकिन्छ । गीतको भिडियोमा दिव्य दाहाल र नायिका तथा मोडल नम्रता सापकोटा फिचर छन् । रोजल थापा निर्देशित भिडियोलाई आकर्षक बनाइएको छ ।

विरेन्द्र भट्टले क्यामेरा चलाएको भिडियोका कोरियोग्राफर रोहित बस्नेत हुन् । भिडियोका सम्पादक श्याम कुँवर हुन् ।

तपाईको प्रतिक्रिया