सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

साउदी  –साउदी अरबको ट्राफिक कार्यालयले महिलालाई ट्रक र मोटरसाइकल पनि चलाउन पाउने व्यवस्था गर्ने भएको छ ।


आउँदो वर्षको मध्यदेखि महिलाले पनि ट्रक र मोटरसाइकल चलाउन पाउने व्यवस्था गर्ने स्थानीय संचारमाध्यमले जनाएका छन् । साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल साउदले गत सेप्टेम्बरमा महिलालाई चालक बन्न पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको थियो ।

यसअघि साउदीमा महिलालाई गाडी चलाउने अनुमति थिएन ।  महिलाले पनि पुरुषसरह गाडी चलाउन पाउनु पर्ने माग गर्दै साउदी अरबमा अधिकारवादीले लामो समयदेखि दवाव दिदै आएका थिए ।

तपाईको प्रतिक्रिया