Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं – विश्वसम्पदा सूचीमा रहेको हनुमानढोका दरबार परिसर पुनःनिर्माणले तीव्रता पाएको छ ।

विसं २०७२ वैशाख १२ को भूकम्पले क्षति पुगेको धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेको हनुमानढोका दरबार परिसरको पुनःनिर्माणको कामले तीव्रता पाएको हो । दरबार परिसरभित्र रहेको नौतले दरबार, गद्धी बैठक, स्वेत भैरव, तलेजु भगवती, आगंमछे (नयाँ देवता राख्ने स्थान), माजुदेग, कृष्णमन्दिर, जगन्नाथ, गोपीकृष्ण मन्दिरलगायतका सम्पदा निर्माणको काम भइरहेको छ ।

हनुमानढोका दरबार हेरचाह अड्डाका संग्रहालय अधिकृत जयनारायण कार्की स्वदेशी तथा विदेशी सहयोगमा परिसरभित्रको सम्पदा निर्माणको काम भइरहेको बताउनुहुन्छ । ‘संग्रहालय अवलोकन कार्य बन्द गरेर परिसरभित्रका सम्पदा निर्माणको कामलाई तीव्रता दिएका छौँ,’- उहाँले भन्नुभयो । यी मध्ये नौतले दरबार चीन, गद्धी बैठक अमेरिका, आगंमछे जापान तथा जगन्नाथ र गोपीकृष्ण मन्दिर युनेस्कोको सहयोगमा निर्माण भइरहेको छ ।

यसैगरी, काठमाडौँ उपत्यका संरक्षण कोषको सहयोगमा शिवालय र लक्ष्मीनारायण मन्दिर निर्माण कार्य सम्पन्न भइसकेको छ । यस्तै, पुरातत्व विभागको सहयोगमा यहाँ रहेका स्वेत भैरव, तलेजु भवानीको छाना, त्रैलोक्यमोहन, माजुदेग मन्दिर निर्माण भइसकेको र कृष्ण मन्दिर, कागेश्वरी र सरस्वती मन्दिर निर्माण कार्य भइरहेको छ ।

अड्डाका अधिकृत कार्की संग्रहालयलगायत अन्य सम्पदाको निर्माणका लागि पनि विदेशबाट सहयोग आउनेक्रम जारी रहेको बताउनुहुन्छ । दरबार परिसरमा छिर्न चाहने विदेशी र सार्क मुलुकका पर्यटकलाई काठमाडौँ महानगरपालिकाले क्रमशः एक हजार र २५० लिँदै आएको छ भने नेपालीका लागि अड्डाले ३० लिँदै आएको छ ।

अड्डाले भूकम्पपछि दरबारको बाहिरी भाग हेर्न जान चाहने नेपालीलाई ३० को टिकट दिएर परिसरको अवलोकन गर्न दिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया