Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आजको निर्वाचनमा दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान भइसकेको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान कार्य सञ्चालन भइरहेको छ । दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी सात हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ ।
आज बेलुका ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउने व्यवस्था रहेको छ । पहाडी तथा तराईका गरी ४५ जिल्लामा आज सञ्चालन भइरहेको निर्वाचनमा कूल १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।

कञ्चनपुर क्षेत्र–१ मा वाम गठबन्धनबाट प्रतिनिधीसभा सदस्यको उम्मेदवार बिना मगर पुर्नवास नगरपालिका–३ गोरख आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गर्दै ।

 

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबारको निर्वाचनमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गर्दै ।

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित आधारभूत विद्यालय शान्तिपुरमा बिहीबार मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै ।

 

मोरङ क्षेत्र–६ का वाम गठवन्धनका उम्मेदवार लालवावु पण्डितले बिहीबारको निर्वाचनमा विराटनगर–१२ स्थित महेन्द्र मोरङ क्याम्पस मतदान केन्द्रमा मतदान गर्दै ।

 

भक्तपुर क्षेत्र–१ दरबारक्षेत्रस्थित विद्यार्थी निकेतन मतदान स्थलको क केन्द्रमा मतदान गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें ।

 

प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत बिहीबार दोस्रो चरणमा भएको निर्वाचनमा तनहुँस्थित व्यास नगरपालिकाको सत्यवती मावि मतदान केन्द्रमा मतदान गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ।

 

मकवानपुर प्रतिनिधिसभा क्षेत्र–१ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कमल थापाले हेटौंडा ५ बैशगोपाल मावि मतदान केन्द्रबाट भोट खसाल्दै ।

 

नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले मैतीदेवी मन्दिर मतदान केन्द्रमा मतदान गर्दै ।

 

पूर्वमन्त्री ह्दयेश त्रिपाठी नवलपरासी पश्चिम निर्वाचन क्षेत्र–१स्थित जनजागृती मावि गुठीप्रसौनी मतदान केन्द्रबाट मतदान गर्दै ।

 

नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा झापा क्षेत्र–३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौला क्षेत्र–१ को कलवलगुढी आधारभूत विद्यालयको मतदान केन्द्रबाट बिहीबार मतदान गर्दै ।

तपाईको प्रतिक्रिया