शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

टोकियो–परमाणु हतियारको उन्मुलन गर्न जापानले आह्वान गरेको प्रस्ताव संयुक्त राष्ट्र संघको महासभाबाट पारित भएपनि गत वर्षको तुलनामा कम सर्मथन प्राप्त भएको छ ।
जापानद्धारा तयार गरिएको यस प्रस्तावलाई राष्ट्र संघको पूर्ण अधिवेशनमा १५६ देशले सहमति जनाएका थिए । गतवर्षको तुलनामा यस वर्ष ११ वटा देशले कम सहमति जनाएका छन् ।
जापानले परमाणु हतियारको उन्मुलनको आह्वान गर्दै विगत २४ वर्षदेखि यो प्रस्ताव राख्दै आएको छ । जुन प्रस्तावहरु हरेक वर्ष पारित पनि हुदै आएका छन् । यस वर्ष तयार पारिएको प्रस्तावमा उत्तर कोरियाद्धारा उत्पन्न परमाणु तथा मिसाइल खतराका बारेमा पटक पटक हवाला दिइएको छ ।
प्रस्तावमा परमाणु हतियारप्रति प्रतिवन्ध लगाउनका लागि संयुक्त राष्ट्रसंघको सन्धिमा कसैले पनि प्रत्यक्ष उल्लेख गरेका छैनन् । अमेरिका तथा अन्य देशको साथै जापानमा पनि परमाणु हतियारमाथि प्रतिबन्ध लगाउने सन्धीको विरोध गरिएको छ ।
परमाणु बमको सामना गर्ने एकमात्र देशको सन्दर्भमा जापानले परमाणु सम्पन्न तथा अन्य देशका बिचमा पुलको जस्तै काम गरेको दाबी गरेको छ । तर प्रस्तावको समर्थनमा आएको कम सर्मथनबाट जापानले सोच्ने बेला आएको विश्लेषकहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया