Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

पाल्पा – यस वर्ष जिल्लामा सुन्तला उत्पादनमा कमी आएपछि किसान चिन्तित बनेका छन् । फूल फुल्ने समयमा असिना पर्नु र विभिन्न किसिमका रोगको आक्रमणले सुन्तला उत्पादनमा कमी आएपछि किसान मर्कामा परेका हुन् ।

सुन्तला खेती गरी जीविकोपार्जन गर्ने परिवारका लागि कम उत्पादनले समस्या भएको छ । रिब्दीकोट गाउँपालिकाकोे पालुङमैनादीका किसान चित्रबहादुर कुँवरले गत वर्ष करिब दुई लाखको सुन्तला बिक्री गरेकामा अहिले एक लाख बराबरको बिक्री गर्नुभयो ।

सुन्तला उत्पादनका पकेट क्षेत्र मानिएको पालुङमैनादी, मुझुङ, छहरा, सोमादी, कुसुमखोलालगायतका क्षेत्रमा यस वर्ष सुन्तला उत्पादनमा निकै कमी आएको छ । जिल्ला कृषि विकास कार्यालयले प्राविधिक जाँच तथा परीक्षणमा सहयोग नगरेका कारण किसान मारमा परेका छन् ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख किशोरमान श्रेष्ठले किसानले बोटमा आवश्यक स्याहार, सुसार र मलजलमा कमी गर्दा उत्पादन घटेको बताउनुभयो । उहाँले सुन्तला टिपेपछि टिपेको घाउबाट ब्याक्टेरिया, कीटाणुले आक्रमण गर्ने भएकाले कम्तीमा तीन पटक नीलोथुथो, चुना छर्कनुपर्ने बताउनुभयो ।

सुन्तला बिक्रीबाट साढे दुई लाख आम्दानी
निस्दी गाउँपालिका-५ गल्धा बहपुरका अगुवा किसान तेजन सिंजालीले यस वर्ष सुन्तला बिक्रीबाट दुई लाख ५० हजार आम्दानी गर्नुभएको छ ।

उहाँले दुई मुरी अन्नबाली समेत उत्पादन नहुने जग्गामा विगत आठ वर्षदेखि व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आउनुभएको छ । यस वर्ष करिब ४० क्विन्टल सुन्तला बिक्री गरेको उहाँले बताउनुभयो ।

झण्डै १५ रोपनी जग्गामा तीन सय बोट सुन्तला लगाउनुभएका सिंजालीले अहिले दुई सय उत्पादनशील बोटबाट आम्दानी लिन शुरु गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘सुन्तला खेती गर्न थालेपछि मनग्य आम्दानी भएको छ, पाखापखेरामा सुन्तला लगाएर दुई लाखदेखि रु तीन लाखसम्म सजिलै आम्दानी गर्दैआएको छु ।

तपाईको प्रतिक्रिया