Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

लमजुङ – लमजुङ-गोरखा सिमानामा पर्ने मनास्लु आरोहण गरेर लमजुङबाट बाहिरिने पर्यटकको संख्यामा वृद्धि भएको छ ।

मनास्लु आरोहणको लागि गोर्खाबाट प्रवेश गरेका पर्यटक लमजुङबाट बाहिरिनेको संख्यामा वृद्धि भएको हो । आठ हजार १६३ मिटरको उचाइमा रहेको मनास्लु आरोहण गर्नेमध्ये अधिकांश पर्यटक थोरङला पास गर्न जाने गर्दछन् । तर पछिल्ला वर्षमा थोरङला पास नगरी मनाङको धारापानीबाटै लमजुङ भएर बाहिरिनेको संख्यामा वृद्धि भएको पर्यटन सूचना केन्द्र खुदीका कर्मचारी वासुदेव न्यौपानेले बताउनुभयो ।

पर्यटन सूचना केन्द्रका अनुसार यस वर्ष पाँच हजारको हाराहारीमा पर्यटक लमजुङबाट बाहिरिएका छन् । गत अक्टोबर महिनामा मात्रै एक हजार ४५१ पर्यटक लमजुङबाट बाहिरिएको तथ्यांक छ । सोमध्ये केही पर्यटक भने लमजुङबाट नै प्रवेश गरी मनाङ पुगेर फर्किएको बताइएको छ ।

मनास्लु हिमाल आरोहणका लागि लमजुङबाट जाने अनुमति दिइएको भए पनि खासै पर्यटक आउने गरेका छैनन् । मनास्लु आरोहणको लागि यहाँबाट भएर आरोहण गर्न बाटो छोटो र सजिलो भए पनि प्रचारप्रसार हुन नसक्दा पर्यटक आगमनमा वृद्धि हुन नसकेको पर्यटन व्यवसायी बताउँछन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया