Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

पोखरा – कहिलेकाहीँ मानव जीवनको विनास गराउने नदीले जीविकोपार्जनका लागि रोजीरोटीको व्यवस्था पनि गरिरहेको छ ।

यस्तै एउटा ज्वलन्त उदाहरण हो, पोखरा–लेखनाथ महानगरपालिका-९ रामघाटस्थित सेती नदीको किनारमा रहेको बालुवा, गिट्टी र ढुंगा । दैनिकजसो बिहान उज्यालो भएपछि सबै मजदुर नदीको किनारमा पुग्छन् । प्रायजसो घरका सबै परिवार आफूले बिहान खाने खानासमेत बोकेर त्यहाँ पुगेका हुन्छन् अनि शुरु हुन्छ बालुवा चाल्ने र चालेको बालुवा थुन्सेमा बोकेर समथर ठाउँसम्म पुर्याउने ।

नदीको किनारमा बालुवा चाल्ने र बोक्नेको धुइँरोजस्तै हुन्छ । परिवारको एक सदस्यले बालुवा चाल्छ भने अरूले बोकेर मिनीट्रक आउने ठाउँसम्म पुर्याउने गर्छन् । बुढापाका, तन्नेरी, युवा, युवती र साना बालबालिका पनि सो काममा व्यस्त देखिन्छन् । काम गर्न नसक्ने बालबच्चा त्यही खेलिरहेका हुन्छन् । पोखराको नगर क्षेत्र भएर बग्ने सेती नदी केही ठाउँमा गहिरिएर र केही ठाउँमा चाक्लिएर बगेको छ । रामघाटमा नदी चााक्लिएर बगेकाले वर्षायाममा त्यो ठाउँमा नदीले बालुवा, गिट्टी र ढुंगा ल्याएर थुपारिदिन्छ ।

हिउँदमा नदी सुकेर सानो भएपछि मजदुरले बाँसका अस्थायी पुल पुलेसा बनाउँछन् र किनारमा थुपारिएको बालुवा वारिपारि बोकेर थुपार्छन् र बिक्री गर्छन् । सयौँ मजदुरको जमघट र कार्यथलो त्यही भएकाले चिया खाजाको व्यापार पनि हुन्छ । भारतीय मूलका मानिसले तयारी खाजा र चिया लिएर त्यही पुग्छन् र उनीहरुको व्यापार पनि राम्रो छ । चालेको र गुणस्तरीय पनि भएकाले रामघाटको बालुवा घर निर्माण गर्ने ग्राहकको पहिलो रोजाइमा पर्छ । समथर जमिनमा थुपारेको बालुवा, गिट्टी र ढुंगा ओसार्न दुई दर्जनभन्दा बढी मिनी ट्रक र ट्र्याक्टर तयारीमा हुन्छन् ।

विभिन्न स्थानका धेरै मजदुर बालुवा ओसार्ने काममा व्यस्त देखिन्छन् । लमजुङका ६० वर्षीय साइला गुरुङ रामघाटको बालुवा बोक्न लागेको १० वर्षभन्दा बढी भएको बताउनुहुन्छ । त्यस्तै उदयपुरका भीम मगर, तनहुँ घाँसीकुवाका गोविन्द रिजाल, काठमाडौँ साँखुका प्रेम श्रेष्ठले पनि धेरै वर्षदेखि बालुवा चाल्ने र बोक्ने काम गर्दै आउनुभएको जानकारी दिनुहुन्छ । जिल्ला समन्वय समितिले पनि रामघाटको बालुवा खानी टेण्डरबाट यस वर्ष पाँच करोड २० लाख आम्दानी गरेको लेखा अधिकृत रोमनाथ उपाध्याय बताउनुहुन्छ ।

पोखराको शान्ति वन वाटिकामा प्रकाश ढुवानी सेवा सञ्चालन गर्दै आउनुभएका प्रकाश पहारीले रामघाटको बालुवा बिक्रीबाट वार्षिक रु सात करोडभन्दा बढीको कारोबार हुने गरेको बताउनुहुन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया