शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

टोकियो – नेपाली जनप्रगतिशील मञ्च जापानले प्रकाश दाहालको निधनप्रति शोक व्यक्त गरेको छ ।

आज एक प्रेसनोट जारी गर्दै मञ्चले पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र स्व. प्रकाश दाहालको निधनप्रति शोक व्यक्त गरेको हो । अध्यक्ष दाहालका सुपुत्र प्रकाश दाहालको आइतवार विहान हृदयघातका कारण ३६ वर्षको उमेरमा असामयिक निधन भएको थियो ।

प्रवक्ता जीवन क्षेत्रीद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘नेपाली जनताको मुक्ति आन्दोलनको उत्कर्ष रुप ऐतिहासिक महान जनयुद्ध र त्यसको जगमा भएको ऐतिहासिक जनआन्दोलन र विभिन्न मुक्ति आन्दोलनले ल्याएको परिवर्तनलाई संस्थागत गर्दै नेपाललाई समाजवाद तर्फ उन्मुख हुने प्रक्रियामा रहेको अवस्थामा भएको यो दुखद निधनले देश शोकमा डुबेको छ ।’

मञ्चले असामयिक निधन भएका प्रकाश दाहालप्रति भाव पूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

 

तपाईको प्रतिक्रिया