आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

ललितपुर –  महाँकाल गाउँपालिकाले औपचारिक पोशाकमा बिहीबार दौरा–सुरुवाल, टोपी र गुन्युचोली घोषणा गरेको छ ।

महाँकाल गाउँपालिका र श्रद्धावान नेपालद्वारा गोटीखेलमा आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो । अब गाउँमा हुने औपचारिक कार्यक्रममा अनिवार्य दौरा–सुरुवाल, टोपी र गुन्युचोली लगाउनुपर्नेछ ।

गाउँपालिकाले राष्ट्र र राष्ट्रियतालाई आत्मसात गरी राष्ट्रको सान, पहिचानलाई जगेर्ना गर्न उक्त घोषणा गरिएको सहभागीले बताएका छन् ।

तपाईको प्रतिक्रिया